भारतमा ७४ दिनयताकै सब भन्दा कम कोरोना सङ्क्रमित, खोप लगाउने २६ करोड नजिक

भारतमा ७४ दिनयताकै सब भन्दा कम कोरोना सङ्क्रमित, खोप लगाउने २६ करोड नजिक

२०७८, जेठ ३१ सोमवार

  • 1.5K
    SHARES

  • भारतमा ७४ दिनयताकै सब भन्दा कम कोरोना सङ्क्रमित, खोप लगाउने २६ करोड नजिक

    नयाँ दिल्ली । भारतमा आइतबार ७० हजार ४२१ व्यक्तिमा कोरोना सङ्क्रमण देखा परेको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ । हिजो आइतबार भारतमा ७४ दिनयताकै यो सब भन्दा कम कोरोना सङ्क्रमित फेला परेको हो ।

    गत २४ घण्टामा यहाँ कोरोना सङ्क्रमणको कारण ३ हजार ९२१ जनाको मृत्यु भएपछि भारतमा कोरोनाबाट मृत्यु हुने कूूल व्यक्तिको संख्या ३ लाख ७४ हजार ३०५ भएको जनाइएको छ । यहाँ हाल कोरोना सङ्क्रमितको कूुल संख्या २ करोड ९५ लाख १० हजार ४१० पुगेको मन्त्रालयले सोमबार जानकारी दिएको छ । 

    गत २४ घण्टामा १ लाख १९ हजार ५०१ जना कोरोना भाइरस सङ्क्रमित मुक्त भएका छन् । यसैसँग २ करोड ८१ लाख ६२ हजार ९४७ जना कोरोना मुक्त भएका बताइएको छ । भारतमा कोरोना भाइरस सङ्क्रमण मुक्त हुने दर ९५.४३ प्रतिशत रहेको छ । हाल यहाँ ९ लाख ७३ हजार १५८ जना सक्रिय सङ्क्रमित रहेका छन् । 

    कोरोना शुरु भएयता हालसम्म यहाँँ ३७ करोड ९६ लाख २४ हजार ६२६ जनाको कोरोना परिक्षण भएको सरकारी स्रोतले जानकारी दिएको छ । गत जनवरी १६ बाट भारतमा कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म भारतमा २५ करोड ३१ लाख ९५ हजार ४८ डोज खोप लगाइएको छ ।- एजेन्सी । 

    २०७८, जेठ ३१ सोमवार०१:५८:४०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार