जर्मनीले नेपाललाई चार अर्ब ८० करोड अनुदान दिने

जर्मनीले नेपाललाई चार अर्ब ८० करोड अनुदान दिने

२०७८, जेठ ३१ सोमवार

  • 1.2K
    SHARES

  • जर्मनीले नेपाललाई चार अर्ब ८० करोड अनुदान दिने

    काठमाडौँ । सङ्घीय गणतन्त्र जर्मनीले नेपाल सरकारलाई वित्तीय तथा प्राविधिक सहयोगस्वरुप रु चार अर्ब ८० करोडभन्दा बढी अनुदान प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । 

    नेपाल र जर्मनीबीच जारी द्विपक्षीय सहयोगअन्तर्गत आगामी सन् २०२३ सम्म प्राविधिक सहयोग तथा सन् २०२५ सम्म वित्तीय सहायतालाई निरन्तरता दिन जर्मन सरकारले अनुदानस्वरुप उक्त रकम उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको हो । 

    नेपालका लागि जर्मनीका राजदूत रोल्यान्ड सेफेर र अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले आज अनुदान सहायतासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको यहाँस्थित जर्मनीको राजदूतावासले जनाएको छ । 

    नेपालका मध्य तथा सुदूरपश्चिमाञ्चल क्षेत्रमा ऊर्जा तथा नवीकरणीय ऊर्जा, दिगो आर्थिक विकास र स्वास्थ्य क्षेत्रका लागि उक्त रकम प्रदान गरिने दूतावासले जनाएको छ । 

    २०७८, जेठ ३१ सोमवार०४:३५:५७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार