धितोपत्र वोर्डमा दानव नृत्य हावी - शेयर विश्लेषक भट्टराई

धितोपत्र वोर्डमा दानव नृत्य हावी - शेयर विश्लेषक भट्टराई

२०७८, आषाढ १ मंगलवार

  • 5.0K
    SHARES

  • धितोपत्र वोर्डमा दानव नृत्य हावी - शेयर विश्लेषक भट्टराई

    काठमाडौं । धितोपत्र बोर्डको निर्णयलाई लिएर शेयर विश्लेषक रविन्द्र भट्टराईले असन्तुष्टि जनाएका छन् । 

    पुॅजी, लगानी, प्रतिफल र कम्पनीको जोखिम बहन क्षमताका विषयमा गहिरो अध्ययन गरेका भट्टराईले वोर्डले आज ५१ वटा कम्पनि जोखिममा रहेका भन्दै नाम सार्वजनिक गरेकामा आश्चर्य व्यक्त गरेका छन् । 

    बोर्डले हचुवाको भरमा केहि ठूला कम्पनिहरु नागरिक लगानी कोष, नेपाल पुर्वाधार विकास बैंक(निफ्रा) जस्ता ठूला र राम्रा कम्पनीहरुलाई प्राविधिक रुपमा कमिकमजोरी भए सच्याएर अगाडी बढ्न प्रोत्साहन गर्नको सट्टामा जोखिम छ भन्दै कोकोहोलो मच्चाउॅदा राष्ट्रकै अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्ने कुरामा चिन्ता व्यक्त गरेका छन् । 

    बोर्डले विगतको एक वर्ष अवधिमा सूचिकृत संगठित संस्थाहरुको मूल्य बृद्धि ३०० प्रतिशत र सोभन्दा बढी प्रतिशतले बृद्धि भएका, मूल्य आम्दानी अनुपात १०० र सोभन्दा बढी भएका, प्रति सेयर आम्दानी ऋणात्मक भएका, प्रति सेयर अंकित मूल्यभन्दा प्रति सेयर नेटवर्थ कम भएका, कम्पनीको वर्तमान वित्तीय क्षमताको मूल्याँकन समेतका आधारमा हाल जोखिमयुक्त देखिएका ५१ वटा सूचिकृत संगठित संस्थाहरु छनौट गरी प्रारम्भिक अध्ययन गरेको थियो । 

    तर विश्लेषक भट्टराईका अनुसार सकारात्मक प्रभाव पार्ने कम्पनिलाई छाडेर यी -यी कम्पनी किन भन्नु झनै घातक हुने भट्टराईको बुझाइ छ । अहिले बजारमा शेयर बजारका बादशाह, मामा, काका, बाजे नामका विभिन्न समूहले सोझा लगानीकर्तालाई प्रभावित पारेर अनावश्यक रुपमा बजार उछाल गरिएको आँकलन गर्न सकिन्छ । 

    बजारको अवस्था र बोर्डको निर्णय प्रति लक्षित गर्दै विश्लेषक भट्टराईले आफ्ना धारणा व्यक्त गर्दै सामाजिक संजालमा लेखेका छन्, "रेफ्रीले नै यो टीमले जित्छ र हार्छ र यो टीममा बाजी थाप भन्छ भने त्यो खेलको पारदर्शीता कति होला ? धितोपत्र बोर्ड्मा दानब नृत्य चलि रा छ।"

    २०७८, आषाढ १ मंगलवार०६:०४:१६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार