अस्पतालबाट नेता खनालको सन्देश : ‘‘पार्टी मिलाउनुस् कमरेड......’’

अस्पतालबाट नेता खनालको सन्देश : ‘‘पार्टी मिलाउनुस् कमरेड......’’

२०७८, आषाढ २ बुधवार

  • 1.1K
    SHARES

  • अस्पतालबाट नेता खनालको सन्देश : ‘‘पार्टी मिलाउनुस् कमरेड......’’

    काठमाडौं । थप उपचारका लागि भारतको नयाँ दिल्ली जानुअघि नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले पार्टीलाई एकताबद्ध बनाउन महासचिव ईश्वर पोखरेललाई आग्रह गरेका छन् ।  

    थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री खनाललाई आज महासचिव पोखरेलले भेट गरेका थिए । ‘‘पार्टी मिलाउनुस् कमरेड.....’’ भनी नेता खनालले महासचिव पोखरेललाई आग्रह गर्नुभएको महासचिवका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए ।

    एमालेभित्रको विवाद मिलाउन दोस्रो तहका नेताहरु सक्रिय रहेका बेला उच्च नेताबीचमा पनि अनौपचारिक संवाद भइरहेको छ तर निकास निस्किसकेको छैन । 

    नेता खनालको रगत जाँच गर्दा हेमोग्लोबिनको कमी देखिएको तथा ज्वरोसँगै स्वास्थ्यमा थकान महसुस हुने, श्वास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिएपछि उहाँलाई गत जेठ ३१ गते अस्पताल भर्ना गरिएको थियो ।

    केही महिनाअघि नेता खनाल कोभिड–१९ सङ्क्रमणमुक्त भएका थिए । 

    २०७८, आषाढ २ बुधवार०१:१३:५०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार