अफगानिस्तानमा स्वास्थ्य सहायताकर्मीको हत्याको संयुक्त राष्ट्रसंघद्धारा निन्दा

अफगानिस्तानमा स्वास्थ्य सहायताकर्मीको हत्याको संयुक्त राष्ट्रसंघद्धारा निन्दा

२०७८, आषाढ ३ बिहिवार

  • 1.8K
    SHARES

  • अफगानिस्तानमा स्वास्थ्य सहायताकर्मीको हत्याको संयुक्त राष्ट्रसंघद्धारा निन्दा

    संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघका एक वरिष्ठ अधिकारीले अफगानिस्तानमा भएको स्वास्थ्य सहायताकर्मीको हत्याको निन्दा गरेका छन् ।

    अफगानिस्तानको नानगाहार प्रान्तमा पाँचजना स्वास्थ्यकर्मीको हत्या भएको थियो । साथै अरु केही स्वास्थ्य सहायताकर्मीलाई घाइते बनाइएको थियो ।

    नानगाहार प्रान्तमा संयुक्त राष्ट्रसंघका स्वास्थ्यकर्मीहरुले पोलियो थोपा खुवाउने कार्यक्रममा सहभागी भएका थिए । सोही क्रममा तालिबान लडाकूहरुले उनीहरुको हत्या गरेका बताइएको छ ।

    अफगानिस्तानका लागि संयुक्त राष्ट्रसंघका प्रतिनिधि रामिज अलखारबले सो हत्याको निन्दा गरेका हुन् । 

    उनले नागरिकलाई स्वास्थ्य सहयोग गरिरहेका सहयताकर्मीहरुको हत्या निन्दनीय हो भन्दै यसमा संलग्नहरुलाई कडा भन्दा कडा कारबाही गर्नुपर्ने माग गरेका छन् ।- एजेन्सी । 

    २०७८, आषाढ ३ बिहिवार०७:०२:०१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार