काठमाडौं । सिन्धुपाल्चोकको पश्चिमी क्षेत्रका बाढी पिडितहरुलाई नेपाल खेलकुद महासंघले सहयोग गरेको छ।
महासंघको 'कोभिड–नोभिड' रास्ट्रिय अभियान अन्तर्गत सो क्षेत्रमा आहतमा परेका पिडित जनताहरुलाई राहतका लागि महासंघले २ ट्रक विभिन्न खाध्य तथा अन्य सामाग्रीहरु लिएर महासंघको टोली मेलम्ची पुगेको थियो।
सिन्धुपाल्चोकका पुर्व संविधान सभा सदस्य तथा नेपाल खेलकुद महासंघका इन्चार्ज दावा तामांग, निर्मल भट्टराई, महासंघका केन्द्रीय अध्यक्ष रमेश पौडेल ,बरिष्ठ उपाध्यक्ष पर्शुराम बस्नेत, उपाध्यक्ष निरेसलाल सिंह, उपाध्यक्षहरु एकेन्द्र कुँवर, सुभाष श्रेष्ठ, उपमाहासचिबद्वय रामकृष्ण खड्का, नन्द बस्याल, सचिब रेनुका श्रेष्ठ, शुक्र प्याकुरेल र उमेश केसी भक्तपुर खेलकुद बिकास समिती अध्यक्ष श्रीभक्त कासीछवा लगायतको टोलीले उक्त सामाग्री हस्तान्तरण गरेको थियो।
असार १ गते साँझ देखि आएको बाढीले मेलम्ची खोला आसपासका हेलम्बु, क्युल, चनौटे, तिम्बु लागाएतका बस्ति सहित मेलम्ची बजारमा पारेको क्षेतिका कारण समस्यामा रहेका जनताहरुलाई सहयोग गरेको बताउदै महासंघले अन्य क्षेत्रमा पनि सहयोग अभियान जारी राख्ने बताएको छ।