काबुलस्थित अमेरिकी दूतावासमा कोभिड–१९ बाट ११४ सङ्क्रमित, एकको मृत्यु

काबुलस्थित अमेरिकी दूतावासमा कोभिड–१९ बाट ११४ सङ्क्रमित, एकको मृत्यु

२०७८, आषाढ ५ शनिवार

  • 897
    SHARES

  • काबुलस्थित अमेरिकी दूतावासमा कोभिड–१९ बाट ११४ सङ्क्रमित, एकको मृत्यु

    काबुल । अफगानिस्तानको राजधानी काबुलस्थित अमेरिकी दूतावासमा अत्यधिक व्यक्तिमा कोभिड–१९ सङ्क्रमणपछि दूताबास क्षेत्रलाई लकडाउन गरिएको छ ।

    दूताबासका एक कर्मचारीको मृत्यु भएको र ११४ कर्मचारीमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको युएसए टुडेले दूताबास अधिकारीलाई उद्धृत गरी जानकारी गराएको छ । धेरै कर्मचारी सङ्क्रमित भएपछि अमेरिकी अधिकारीहरुले अस्थायी कार्यस्थल बनाई प्रशासनिक कामलाई निरन्तरता दिइएको बताइएको छ । 

    दूतावासको स्वास्थ्य एकाईका कर्मचारी शेन पियर्सद्वारा जारी सूचनामाभनिएको छ, “कोभिड–१९ को सङ्क्रमण काबुलस्थित अमेरिकी नियोगमा समेत देखिएको छ । शुक्रबारसम्म दूताबासका ११४ जना सङ्क्रमित भेटिएका छन् भने एकको मृत्यु भएको छ ।” 

    दूताबास स्रोतका अनुसार अमेरिकी सैनिक अस्पतालमा सघन उपचार एकाइ तयार गरी अक्सिजन चाहिने कर्मचारीहरूलाई सेवा दिइएको छ । 

    भाइरसको पछिल्लो प्रकोपले विभिन्न देशमा रहेका अमेरिकी वैदेशिक सेवा संघ ९एएफएसए० लाई प्रभाब पारेको छ । अमेरिकी राष्ट्रपति जो बिडेनलाई विदेशमा रहेका सबै सरकारी कर्मचारीहरूलाई केही अपवादको साथ खोप लगाउन पनि आग्रह गरेका छन् ।  

    एएफएसएका प्रमुख एरिक रुबिनले भने, “हाम्रो बुझाइ यो छ कि विश्वका प्रत्येक नियोग तथा दूतावासका लागि पर्याप्त खोप रहेको छ यसलाई समयमै लगाउन प्रशासनले आग्रह गर्दछ ।” 

    अफगानिस्तानमा देशब्यापी सङ्क्रमणपछि गत हप्ता, अफगानिस्तानका अमेरिकी कूटनीतिक नियोगले दूतावासको कन्सुलर सेक्सनमा भिसा सञ्चालनलाई स्थगित गरेको थियो । 

    दूताबासमासमेत प्रकोपको असर भेटिएपछि दूतावासको कन्सुलर सेक्शनले जुन १३ देखि अनिश्चित समयका लागि अतिआबश्यकबाहेकका काम स्थगित गरिरहेको छ ।” 

    जोन्स हकिन्स विश्वविद्यालयका अनुसार अफगानिस्तानमा हालसम्म ९६ हजार ५३१ व्यक्तिमा कोभिड–१९ सङ्क्रमण भएको छ भने सङ्क्रमितमध्ये तीन हजार ८४२ जनाको मृत्यु भएको छ ।- एजेन्सी । 

     

    २०७८, आषाढ ५ शनिवार०६:४८:४६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार