भारतमा आउँदो अक्टोबरसम्ममा कोरोनाको तेस्रो लहर आउने चेतावनी

भारतमा आउँदो अक्टोबरसम्ममा कोरोनाको तेस्रो लहर आउने चेतावनी

२०७८, आषाढ ५ शनिवार

  • 1.4K
    SHARES

  • भारतमा आउँदो अक्टोबरसम्ममा कोरोनाको तेस्रो लहर आउने चेतावनी

    नयाँ दिल्ली । कोरोना संक्रमणको पहिलो र दोस्रो लहरले आक्रान्त बनेको भारतमा तेस्रो लहर समेत आउने चेतावनी दिइएको छ ।

    स्वास्थ्य विज्ञका अनुसार भारतमा आउँदो अक्टोबरसम्ममा कोरोना भाइरसको तेस्रो लहर आउन सक्ने आशंका गरिएको छ । 

    तेस्रो लहरको संक्रमणमा बालबालिका बढी जोखिममा हुने अनुसन्धानले देखाएको छ । तर, हाल कोरोना विरुद्धको खोप केही मात्रामा प्रभावकारी देखिएका कारण संक्रमणमा कमि आउन सक्ने आँकलन गरिएको छ ।

    भारत सरकारका अनुसार तेस्रो लहरले बालबालिकालाई हुन सक्ने जोखिम रोक्ने तयारी भइरहेको जानकारी गराइएको छ ।-एजेन्सी । 

    २०७८, आषाढ ५ शनिवार०८:३०:४१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार