अर्थशास्त्री डा. दंगालको शिक्षा विशेष कार्यक्रमको १०० औँ अंक आज संचालन हुँदै  

अर्थशास्त्री डा. दंगालको शिक्षा विशेष कार्यक्रमको १०० औँ अंक आज संचालन हुँदै  

२०७८, आषाढ ५ शनिवार

  • 3.3K
    SHARES

  • अर्थशास्त्री डा. दंगालको शिक्षा विशेष कार्यक्रमको १०० औँ अंक आज संचालन हुँदै  

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उप-प्राध्यापक एवं अर्थशास्त्री डा.दिलनाथ दंगालको शिक्षा विशेष कार्यक्रम १०० औं अंकमा पुगेको छ । 

    कोरोना महामारीको समयलाई मध्यनजर गर्दै घरमै बसेर सुन्न र पढ्न सकिने डा.दंगालको शैक्षिक कार्यक्रमले आज साँझ १०० औं अंक मनाउने भएको हो । 

    भौतिक सिकाइका गतिविधिहरु ठप्प भएपनि डा.दंगालको एक्लो प्रयासमा अघिल्लो लकडाउनका समयमा थालिएको रचनात्मक कार्यक्रम विशेष बन्दै गएको छ । 

    आज १०० औं अंकको विशेष अवसरमा "विश्वविद्यालयहरुमा कोरोना असर र शिक्षा सहजिकरणमा विश्वविद्यालयहरुको अनुभव" विषयक प्रवचन तथा अन्तरक्रियात्मक कार्यक्रम संचालन हुने डा.दंगालले बताएका छन् । 

    उक्त कार्यक्रममा विभिन्न ७ वटा विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष र अध्यक्षहरु वक्ताका रुपमा रहेका छन् । जस अन्तर्गत प्रा.डा. प्रेमनारायण अर्याल, उपकुलपति पोखरा विश्वविद्यालय; प्रा.डा.अम्बराज जोशी, उपकुलपति सुदुरपश्चिम विश्वविद्यालय; प्रा.भरत झा, उपकुलपति राजर्षिजनक विश्वविद्यालय; प्रा.डा.महेशराज दाहाल, अध्यक्ष सेवा आयोग पूर्वाञ्चल विश्वविद्यालय; प्रा.डा. इन्द्र कार्की, उपकुलपति खुल्ला विश्वविद्यालय; प्रा डा.शिवलाल भुसाल, शिक्षाध्यक्ष त्रिभुवन विश्वविद्यालय; प्रा.डा. भिम खतिवडा, शिक्षाध्यक्ष नेपाल संस्कृत विश्वविद्यालय को प्रवचन रहने छ । 

    डा.दंगालका यस अघिका कार्यक्रमहरु भन्दा आजको कार्यक्रम भिन्न रहेकाले शिक्षाको आगामी बाटोका सन्दर्भमा पनि मार्ग निर्देशन हुने अनुमान समेत गरिएको छ । 

    अनुसन्धानको क्षेत्रमा विशेष दख्खल राख्ने डा.दंगालका कार्यक्रमबाट हालसम्म २ लाख भन्दा बढि अनुसन्धानकर्मी एवं प्रशिक्षार्थी लाभान्वित भईसकेका छन् । 

    कार्यक्रम आज असार ५ गते साँझ ६:०० बजे भर्चुअल माध्यम र फेसबुकबाट प्रत्यक्ष अवलोकन गर्न सकिने छ ।  

    dil sir.png

    २०७८, आषाढ ५ शनिवार१२:४९:३१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार