दोस्रो लहरको कोरोना कहरबाट मुक्ति पाउँदै भारत, दैनिक संक्रमित संख्या ६० हजार 

दोस्रो लहरको कोरोना कहरबाट मुक्ति पाउँदै भारत, दैनिक संक्रमित संख्या ६० हजार 

२०७८, आषाढ ५ शनिवार

  • 2.3K
    SHARES

  • दोस्रो लहरको कोरोना कहरबाट मुक्ति पाउँदै भारत, दैनिक संक्रमित संख्या ६० हजार 

    नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा कमी हुदै आएको छ ।

    पछिल्ला केही दिनदेखि दैनिक सङ्क्रमितको सङ्ख्यामा निरन्तर कमी हुँदै आएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ । 

    मन्त्रालयका अधिकारीका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ६० हजार ७५३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।   

    पछिल्ला तथ्याङ्कलाई हेर्दा दैनिक सङ्क्रमितको सङ्ख्यामा २.९८ प्रतिशतको दरले कमी हुदै आएको मन्त्रालयले शनिबार जनाएको छ ।

    भारतमा पछिल्लो २४ घण्टामा एक हजार ६४७ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको देखिएको छ । 

    त्यसैगरी सोही अवधिमा कुल ९७ हजार ७४३ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
      
    भारतमा अहिलेसम्म कुल दुई करोड ९८ लाख २३ हजार ५४६ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । ती मध्ये सात लाख ६० हजार १९ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेको पाइएको छ । 

    कोरोनाभाइरसलाई जितेर सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या भने दुई करोड ८६ लाख ७८ हजार ३९० रहेको छ । -एजेन्सी । 

    २०७८, आषाढ ५ शनिवार०१:३१:५४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार