ब्राजिलमा एकैदिन २५ लाख ६१ हजार जनालाई कोरोनाको खोप लगाइयो

ब्राजिलमा एकैदिन २५ लाख ६१ हजार जनालाई कोरोनाको खोप लगाइयो

२०७८, आषाढ ६ आइतवार

  • 869
    SHARES

  • ब्राजिलमा एकैदिन २५ लाख ६१ हजार जनालाई कोरोनाको खोप लगाइयो

    ब्रासिलिया । ब्राजिलमा एकै दिनमा २५ लाखभन्दा बढी नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइएको बताइएको छ । समाचार अनुसार यहाँ शुक्रबार मात्र २५ लाख ६१ हजार ५५३ जनालाई खोप लगाइएको हो । 

    यहाँ केही महिनायतादेखि नै कोरोनाका विरुद्धको खोप लगाउने व्यापक अभियान नै सञ्चालन गरिएको छ । तर एकै दिनमा यो नै सबैभन्दा बढी खोप लगाइएको बताइएको छ ।

    ब्राजिलमा अहिलेसम्म यहाँका ८ करोड ४० लाख मानिसले पहिलो खोप लगाएका छन् भने ६ करोड भन्दा बढीले दोस्रो मात्रा खोप पनि लगाएका छन् । ब्राजिलले यही वर्षको जनवरीदेखि यहाँका नागरिकलाई कोरोना विरुद्धको खोप दिन थालेका हुन् । 

    ब्राजिलमा कोरोना भाइरसले असर गर्ने विश्वकै सबैभन्दा बढी प्रभावित गर्ने देशहरुको सुचीमा दोस्रो स्थानमा पर्दछ । यहाँ अमेरिकापछि सबैभन्दा बढी नागरिकको ज्यान गएको छ ।

    ब्राजिलमा कोभिड– १९ को सङ्क्रमणका कारण चार लाख ९५ हजार भन्दा बढी नागरिकको मृत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको समाचारमा जनाइएको छ ।     

    कोरोना भाइरसको सङ्क्रमण शुरु भएबाट ब्राजिलमा हालसम्म १ करोड ७६ लाख जनाभन्दा बढीमा सो सङ्क्रमण भएको बताइएको छ ।

    यस देशमा कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राज्यका रुपमा साओ पाओलो रहेको छ । साओ पाओलोमा मात्र एक लाख जना भन्दा बढी नागरिकको ज्यान गएको छ । 

    त्यसैगरी सो राज्यमा करिब ४० लाख भन्दा बढी नागरिक कारोना भाइरसबाट सङ्क्रमित भएका छन् । ब्राजिलमा अमेरिकापछि विश्वमै सबैभन्दा धेरै नागरिकको ज्यान गएको छ । -एजेन्सी । 

    २०७८, आषाढ ६ आइतवार०६:२८:२९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार