इरानमा राष्ट्रपतीय निर्वाचनको मतपत्र बोकेको हेलिकोप्टर दुर्घटना

इरानमा राष्ट्रपतीय निर्वाचनको मतपत्र बोकेको हेलिकोप्टर दुर्घटना

२०७८, आषाढ ६ आइतवार

  • 1.2K
    SHARES

  • इरानमा राष्ट्रपतीय निर्वाचनको मतपत्र बोकेको हेलिकोप्टर दुर्घटना

    तेहरान । इस्लामिक मुलुक इरानको राष्ट्रपतिका लागि शुक्रबार भएको मतदानको मतपत्रको बाकस बोकेको होलिकोप्टर दुर्घटनाग्रस्त भएको बताइएको छ ।

    इरानको दक्षिण पश्चिमी प्रान्त खुजेस्तानमा शनिबार मतपत्र बोकेको सो होलिकोप्टर दुर्घटनाग्रस्त भएको बताइएको छ । त्यसमा रहेका एकजनाको ज्यान गएको छ । 

    सो हेलिकोप्टर कसरी दुर्घटना भयो र त्यसमा केकति मत्रपत्र र को को थिए भन्ने बारेमा भने केही खुलाइएको छैन । यहाँ शुक्रबार मतदान भएको थियो । मतदानका लागि बिहान सात बजेदेखि मतदान केन्द्रहरु खुलेका थिए ।

    इरानको यस निर्वाचनमा यहाँका सर्वोच्च नेता आयतुल्लाह खामेनीको अध्यक्षतामा रहेको उम्मेदवार छनौट समितिले सुधारवादी र पूर्व राष्ट्रपति हसन रौहानीसँग निकट रहेका कैयौं व्यक्तिलाई उम्मेदवार हुनबाट बन्चित गरेको थियो ।
         
    सर्वोच्च नेता खामेनीले राजधानी तेहरानमा मतदान गरेका थिए र उनले आमनागरिकलाई मतदानमा सहभागी हुन पनि आग्रह गरेका बताइएको थियो ।    

    करिब आठ करोड जनसंख्या रहेको इरानमा यस पटक पाँच करोड ९० लाख मतदाता रहेका पनि बताइएको छ । विभिन्न सञ्चारमाध्मयहरुले यो सन् १९७९ को इस्लामिक क्रान्तिपछिको सबैभन्दा न्यून संख्याको मतदान भएको बताएका छन् । -एजेन्सी । 

     

    २०७८, आषाढ ६ आइतवार०६:३५:३१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार