नेता खनालको स्वास्थ्यमा क्रमिक सुधार

नेता खनालको स्वास्थ्यमा क्रमिक सुधार

२०७८, आषाढ ६ आइतवार

  • 1.0K
    SHARES

  • नेता खनालको स्वास्थ्यमा क्रमिक सुधार

    काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । 

    भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत नेकपा (एमाले)का वरिष्ठ नेताका स्वास्थ्यमा सुधार भएको उनका स्वकीय सचिव कृष्ण भट्टराईले बताए ।

    खनालमा ज्वरो आउने, टाउको दुख्ने र खोकी लाग्ने समस्या हटिसकेको छ । उपचारमा अक्सिजनको सपोर्ट राखिएकामा हटाइएको छ । 

    खनाललाई थप उपचारका लागि यही असार २ गते नयाँ दिल्ली लगिएको थियो । 

    २०७८, आषाढ ६ आइतवार०६:२१:४४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार