कोभिड दिल्ली : उच्च गिरावट सँगै २४ घण्टामा १२४ सङ्क्रमित

कोभिड दिल्ली : उच्च गिरावट सँगै २४ घण्टामा १२४ सङ्क्रमित

२०७८, आषाढ ७ सोमवार

  • 853
    SHARES

  • कोभिड दिल्ली : उच्च गिरावट सँगै २४ घण्टामा १२४ सङ्क्रमित

    नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या घटेसँगै राजधानी नयाँ दिल्लीमा पनि सङ्क्रमितको सङ्ख्यामा उच्च गिरावट देखिएको छ । 

    दिल्लीमा विगत २४ घण्टाको अन्तरालमा नयाँ सङ्क्रमितहरूको सङ्ख्या १२४ मा झरेको छ । दिल्लीमा सङ्क्रमण दर ०.१७ मा झरेको राज्य सरकारको स्वास्थ्य बुलेटिनमा उल्लेख छ । 

    संघीय राजधानीमा सङ्क्रमणपछि निको हुनेको सङ्ख्या ९८.११ प्रतिशत कायम भएको छ । यो फेब्रुअरी २१ पछि निको हुनेको उच्च दर हो ।

    दिल्लीमा हालसम्म सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या १४ लाख ३२ हजार २९२ रहेको छ भने अहिलेसम्मको कूल सङ्क्रमित दर ६.८९ प्रतिशत रहेको छ । यहाँ २४ हजार ९१४ सङ्क्रमितको मृत्यु भएको छ जुन १.७४ प्रतिशत हो । 

    पछिल्लो २४ घण्टाको अवधिमा दिल्लीमा सात कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ । दिल्लीमा अहिलेसम्म १४ लाख पाँच हजार २८७ जना सङ्क्रमणपछि निको भएका छन् । 

    राज्य स्वास्थ्य बुलेटिन अनुसार राष्ट्रिय राजधानीमा ६५ लाख मानिसले कोभिड–१९विरूद्धको एउटा खोप लगाएका छन् ।- एजेन्सी ।

     

    २०७८, आषाढ ७ सोमवार०६:३४:०७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार