बेल्जियममा निर्माणधीन विद्यालय भवन भत्किँदा पाँचको मृत्यु

बेल्जियममा निर्माणधीन विद्यालय भवन भत्किँदा पाँचको मृत्यु

२०७८, आषाढ ७ सोमवार

  • 973
    SHARES

  • बेल्जियममा निर्माणधीन विद्यालय भवन भत्किँदा पाँचको मृत्यु

    ब्रसेल्स । बेल्जियममा निर्माणाधीन एक विद्यालयको भवन भत्किँदा पाँच आइतबार जनाको मृत्यु भएको छ ।

    आन्ट्वर्प शहरमा निर्माणाधिन विद्यालयको भवनको एक भाग क्षतिग्रस्त हुँदा त्यसमा कार्यरत मजदुरको मृत्यु भएको स्थानीय प्रशासनले जनाएको छ ।

    दुर्घटनामा परेर घाइते भएका नौ जना मजदुरहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ । आगामी सेप्टेम्बरमा नयाँ शैक्षिक सत्र सुरु हुनुअघि निर्माण भइरहेको सो भवन भत्किएर मजदुरको मृत्यु भएको हो ।

    यता प्रशासनले भने घटनाबारे छानविन गरेर घाइतेको उपचार र मृतकका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्ने जनाएको छ ।- एजेन्सी । 

    २०७८, आषाढ ७ सोमवार०६:४२:२५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार