एमाले वार्ताटोलीलाई केन्द्रीय सदस्य दाहालका ५ प्रश्न 

एमाले वार्ताटोलीलाई केन्द्रीय सदस्य दाहालका ५ प्रश्न 

२०७८, आषाढ ८ मंगलवार

  • 4.1K
    SHARES

  • एमाले वार्ताटोलीलाई केन्द्रीय सदस्य दाहालका ५ प्रश्न 

    काठमाडौं । नेकपा एमाले भित्रको आन्तरिक विवाद भुसको आगो जस्तो फैलने क्रम जारी छ । विवाद समाधान गरी एकतावद्ध एमाले अभियानमा नेताहरु लागेपनि नतिजान्मुख बनाउन नसकेकामा केन्द्रीय सदस्य एवं राष्ट्रिय सभा सांसद देवेन्द्र दाहालले आक्रोश व्यक्त गरेका छन् ।

    आफुले मुख खोल्न मन नलागेतापनि बाध्य भएर कार्यकर्ताका भावना राख्नुको विकल्प नभएकाले आफ्ना धारणा सार्वजनिक गर्नुपरेको दाहालले सामाजिक संजालमा भनेका छन् । 

    आजका दिन सम्म 'एमाले हुँ' भनेर भन्ने तर विपक्षी या प्रतिक्रियावादीको बैठकमा गएर एमाले सिध्याउँछु भन्ने अराजकहरुको घिनलाग्दो व्यवहारका सम्बन्धमा के छलफल भइरहेको छ भन्दै दाहालले प्रश्न गरेका छन् । 

    एकताको रटान गरिएको धेरै भयो तर कार्यकर्ताका निम्न ५ प्रश्नको जवाफ सहित वार्तामा बस्न र सहमति या विमतिको कित्ता किल्लोर गर्न आग्रह गर्दै दाहालले लेखेका छन्, 
      
    "नेकपा(एमाले) को अहिलेको बिवादको बारेमा : 
    यो बिषयमा अहिले सम्म मैले धेरै नवोली बसेको अवस्था हो । तर आज बोल्नै पर्ने जस्तो महसुस भयो ।
    पार्टीमा नेताहरुको एकताको चर्चा भएको निक्कै लामो समय भै सकेको छ । दुवै तिरबाट केही साथीहरु लागी रहनु भएको छ ।

    तर मैले के बुझ्न सकेको छैन भने वाहाँहरु के बिषयमा छलफल गरिरहनु भएको छ ? तपाईहरु कार्यकर्ताहरुका निम्न कुराहरुको जवाफ दिएर मात्र वार्तामा बस्नु राम्रो हुन्छ ।

    १. यदि जेष्ठ २ गतेको अवस्थामा जाने दुवै तर्फको सहमति हो भने अव अरु के कुरामा छलफल गर्नु पर्यो ? विधि पद्घतीको कुरा गर्नेले त्यही कमिटीमा छलफल गरेर विष्कर्ष निकाल्दा हुंदैन ?

    २. एमालेका नेता हौं भन्नेले आफ्नो पार्टीको नेतृत्वको सरकार ढालेर पुँजीवादी वा हामीले प्रतिकृयाबादी भनिएको कांग्रेसलाई प्रधानमन्त्री बनाऊन लाज घिन नमानीकन सही गर्नेहरुले पहिलो नम्बरमै त्यो सही फिर्ता लिनु पर्ने होईन र ? त्यस बारेमा के प्रगति भयो ?

    ३. बिभिन्न प्रदेसहरुमा हाक्काहाकी एमालेका बिरुद्धमा लाग्ने अनि पार्टीले स्पस्टीकरण लिएर कार्यबाही गर्दा अदालतको साहारा लिएर लाज पचाएर पुनर्बहाली हुँदै फेरी एमालेकै सांसद भएर भत्ता खाने बिपक्षीको सरकार टिकाऊन लाग्ने प्रदेस सभा सदस्यहरुले गरेको घिन लाग्दो हर्कतको बारेमा के छलफल भै रहेको छ ।

    ४. अहिले आजका दिन सम्म पनि एमाले नै हुँ भन्दै बिपक्षी गठबन्धनको बैठकमा जाने एमालेलाई सिध्याऊँछु भन्दै कांग्रेस माओबादीसँग कसम खाँदै आऊने माधव नेपालको घिनलाग्दो हर्कतको बारेमा के छलफल भै रहेको छ ?

    ५. पार्टी एकता भनेको छ, म प्रश्न गर्न चाहान्छु के को एकता को सँग एकता ? कुन पार्टी सँग एकता ? माधव नेपाल लगायतलाई त एमालेको साधारण सदस्य समेत नरहने गरी हटाई सकेको होईन ? 

    एमालेलाई कमजोर बनाएर मात्र माधव नेपालले बनाऊन लागेको पार्टी बलियो हुन्छ र कांग्रेसलाई बलियो बनाऊन सकिन्छ भन्ने सोच भएका अनि माओवादी सँग समाहित हुने कसम खाएर लागेका माधव नेपालको पछि नलागी अब ढिला नगरी पार्टी सुद्धीकरण र सुदृढीकरणमा लाग्नु नै श्रेयस्कर हुन्छ ।

    माधव नेपालको यो हर्कत बुझेका वाहाँका पछि लागेका जनतामा स्थापित युवा नेताहरुलाई भ्रममा नपरी केपी ओलीले नेतृत्व गरेको एमालेमा आ-आफ्नो कमाण्ड सम्हालेर अगाडी बड्न हार्दीक अनुरोध गर्दछु । किनभने मुलुक र सम्बन्धित व्यक्तिकै लागी पनि राजनितीमा कित्ता स्पस्ट गर्नु नै राम्रो हुन्छ ।"

    २०७८, आषाढ ८ मंगलवार०९:२९:५९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार