संविधानलाई सही बाटामा हिँडाइने छ : अध्यक्ष दाहाल

संविधानलाई सही बाटामा हिँडाइने छ : अध्यक्ष दाहाल

२०७८, आषाढ ८ मंगलवार

  • 1.1K
    SHARES

  • संविधानलाई सही बाटामा हिँडाइने छ : अध्यक्ष दाहाल

    चितवन । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई दुर्घटनामा जान नदिइने बताएका छन् ।

    माओवादी केन्द्रकी नेत्री पूर्णकुमारी सुवेदीका पिता हरिप्रसाद पौडेलको श्रद्धाञ्जलि सभालाई आज सम्बोधन गर्दै उनले  नेपाली जनताको बलिदानीपूर्ण संघर्ष, मधेश आन्दोलन र जनआन्दोलनबाट प्राप्त उपलब्धि बचाउँदै संविधानलाई सही बाटामा हिँडाइने बताए । 

    सो अवसरमा अध्यक्ष दाहालले  पौडेलले कम्युनिष्ट आन्दोलनलाई ठूलो योगदान दिएको बताउँदै उनीप्रति श्रद्धाञ्जली व्यक्त गरे । पौडेलको ९० वर्षका उमेरमा यही असार २ गते निधन भएको थियो ।

    २०७८, आषाढ ८ मंगलवार१२:३३:५८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार