राज्य पुनः संरचना भइसकेको छैन : मन्त्री त्रिपाठी

राज्य पुनः संरचना भइसकेको छैन : मन्त्री त्रिपाठी

२०७७, मंसिर ३० मंगलवार

  • 1.3K
    SHARES

  • राज्य पुनः संरचना भइसकेको छैन : मन्त्री त्रिपाठी

    मंसिर ३०, काठमाडौं ।

    सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले सङ्घीयता कार्यान्वयनमा आए पनि यथार्थमा राज्य पुनःसंरचना भइनसकेको बताएका छन् ।

    नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले प्रकाशन गरेको ‘नेपालको सङ्घीय शासन प्रणाली’ नामक पुस्तकको सोमवार लोकार्पण गर्दै मन्त्री त्रिपाठीले नेपालको संविधानले राजकीय सत्ता र सार्वभौम सत्ता नेपाली जनतामा रहने पहिलो पटक व्यवस्था गरेको जनाउँदै सङ्घीयताबारे थप अध्ययन गर्न आग्रह गरे । 

    कार्यक्रममा नेपाली काँग्रेसका मुख्य सचेतक बालकृष्ण खाँणले सङ्घीयतालाई बलियो बनाउन आवश्यक रहेको बताए भने प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले पुस्तकको प्रकाशनले सङ्घीयतालाई बुझ्न सघाउने टिप्पणी गरे ।

    प्रतिष्ठानका कार्यकारी निर्देशक डा राजन खनालले सङ्घीयतालगायतका विषयमा आफूहरुको अध्ययन र प्रकाशन निरन्तर रहेको जानकारी दिए । 

    २०७७, मंसिर ३० मंगलवार०७:४५:२५
    प्रतिक्रिया
    सम्बन्धित समाचार