अफगान सेनाको कारबाहीमा १४ तालिबानीको मृत्यु

अफगान सेनाको कारबाहीमा १४ तालिबानीको मृत्यु

२०७८, आषाढ ९ बुधवार

  • 1.1K
    SHARES

  • अफगान सेनाको कारबाहीमा १४ तालिबानीको मृत्यु

    काबुल । अफगान वायुसेनाको कारबाहीमा चौध जना तालिबानी लडाकूको मृत्यु भएको छ ।

    रक्षा मन्त्रालयले सोमबार राति समानगान प्रान्तको फिरोज नाखचिर जिल्लामा गरिएको कारबाहीमा तालिबानी विद्रोही लडाकूहरु मारिएको पुष्टि गरेको छ । तालिबानी लडाकूहरु लुकेर बसेको भन्ने सूचनाका आधारमा सेनाले आक्रामक कारबाही गरेको बताएको छ ।

    मन्त्रालयले तालिबान समूहको आश्रय स्थल, पाँच वटा क्षेप्यास्त्र, दुई वटा भारी बन्दुक तथा सात वटा राइफल पनि ध्वस्त बनाइएको जनाएको छ । 

    तालिबान समूहले पछिल्ला केही समयदेखि सरकारी सुरक्षा फौजलाई लक्षित गरी देशैभर हिंसात्मक घटनाहरु बढाएका छन् ।

    खासगरी अफगानिस्तानमा तैनाथ अमेरिकी र नेटो सैनिकहरु आगामी सेप्टेम्बर ११ अगाबै स्वदेश फर्कन लागेसँगै तालिबानले देशव्यापी हिंसा मच्चाएको मानव अधिकारवादी समूहहरुले बताएका छन् ।

    गत महिना मात्र तालिबानले देशका ४० भन्दा बढी जिल्लाहरु आफ्नो नियन्त्रणमा लिएका छन् । पछिल्लो घटनाका बारेमा तालिबान समूहले कुनै प्रतिक्रिया जनाएको छैन ।- एजेन्सी । 

    २०७८, आषाढ ९ बुधवार०६:५५:३६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार