पाकिस्तानमा आठ महिनायता सबैभन्दा कम संक्रमण

पाकिस्तानमा आठ महिनायता सबैभन्दा कम संक्रमण

२०७८, आषाढ ९ बुधवार

  • 1.0K
    SHARES

  • पाकिस्तानमा आठ महिनायता सबैभन्दा कम संक्रमण

    इस्लामाबाद । पाकिस्तानमा आठ महिना यताकै सबैभन्दा कम कोभिड–१९ को संक्रमण दर देखिएको छ । 

    सरकारले सार्वजनिक गरेको पछिल्लो विवरणमा देशभर कोभिड–१९ को संक्रमण दर १.७ प्रतिशत रहेको उल्लेख छ ।

    राष्ट्रिय कमान्ड तथा अपरेसन केन्द्र (एनकोक) का अनुसार सोमबार पाकिस्तानमा गरिएको ३९ हजार नमुना परीक्षणबाट ६६३ जनामा कोभिड संक्रमण पुष्टि भएको थियो ।

    पाकिस्तानमा कोभिड–१९ को तेस्रो लहर उच्च रहेका बखत संक्रमण दर ११ प्रतिशतभन्दा बढी भएको थियो । तर सरकारले व्यापक खोप अभियान सञ्चालन गर्नुका साथै नियन्त्रणका उपाय अबलम्बन गरेपछि संक्रमण हुने दरमा कमी आएको हो । 

    पाकिस्तान सरकारले कोभिड–१९ फैलिन नदिन व्यवसाय, शिक्षाका साथै सामाजिक कृयाकलापमा कडाई गरेको थियो ।

    एनकोकका अनुसार पाकिस्तानमा हालसम्म नौ लाख ५० हजार व्यक्ति कोभिड–१९ बाट संक्रमित भएका र २२ हजारको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा पनि २७ जनाले कोभिड–१९ को संक्रमणबाट ज्यान गुमाएका छन् ।

    पाकिस्तानमा हाल ३३ हजार ४५२ जना सक्रिय संक्रमित छन् भने आठ लाख ९५ हजार संक्रमणमुक्त भएका छन् । 
    पाकिस्तानको पूर्वी पञ्जाब प्रान्त कोभिड–१९ बाट सर्वाधिक प्रभावित रहेको छ ।

    यहाँ तीन लाख ४५ हजार व्यक्ति संक्रमित भएका थिए । त्यस्तै दक्षिणी सिन्ध प्रान्तमा पनि तीन लाख ३३ हजार व्यक्ति संक्रमित भएका थिए ।- एजेन्सी । 

    २०७८, आषाढ ९ बुधवार०६:५८:४६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार