‘प्रधानमन्त्री बनाउन दलको समर्थन चाहिँदैन’

‘प्रधानमन्त्री बनाउन दलको समर्थन चाहिँदैन’

२०७८, आषाढ ९ बुधवार

  • 1.2K
    SHARES

  • ‘प्रधानमन्त्री बनाउन दलको समर्थन चाहिँदैन’

    काठमाडौं । संवैधानिक इजलासमा बहस गर्दै वरिष्ठ अधिवक्ता महादेव यादवले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री बन्नका लागि प्रतिनिधिसभा सदस्यलाई दलको समर्थन नचाहिने बताएका छन् ।  

    “७६ (५) बमोजिम प्रधानमन्त्री नियुक्तिका लागि राजनीतिक दल नभई प्रतिनिधिसभा सदस्यको समर्थन भनिएको हो”, उनले भने । धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई समर्थनप्राप्त १४९ जना दलका नभई सभाका सदस्य रहेको उनले बताए ।  

    सोहीअनुसार १४९ सांसदको हस्ताक्षरसहित दाबी पेश गर्ने देउवालाई प्रधानमन्त्रीमा नियुक्त नगरिनु असंवैधानिक भएको जिकिर गर्दै उनले भने, “राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको अधिकार प्रयोग गर्ने होइन, संविधानको दिएको कर्तव्य निर्वाह गर्ने हो, देउवाको दाबी पुगेन भन्ने अधिकार राष्ट्रपतिलाई होइन, संसद्लाई छ ।”

    २०७८, आषाढ ९ बुधवार०४:४२:४३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार