माधव पक्षीय युवाद्धारा नयाँ पार्टी दर्ता, चुनाव चिह्न कलम

माधव पक्षीय युवाद्धारा नयाँ पार्टी दर्ता, चुनाव चिह्न कलम

२०७८, आषाढ ९ बुधवार

  • 4.1K
    SHARES

  • माधव पक्षीय युवाद्धारा नयाँ पार्टी दर्ता, चुनाव चिह्न कलम

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत निर्वाचन आयोगमा दर्ता भएको छ । 

    नेकपा एमाले वरिष्ठ नेता माधव कुमार नेपाल पक्षीय युवा नेता जीवन राईको नेतृत्वमा आज "नेकपा (एकीकृत)" निर्वाचन आयोगमा दर्ता भएको हो । नयाँ पार्टी दर्ताका लागि नेता राईले वैशाख ६ गते निर्वाचन आयोगमा निवेदन दिएका थिए । 

    त्यसै गरि पार्टीको उपाध्यक्षमा कल्पना गुरुङ, महासचिवमा विनोद खुलाल, सचिवमा ऐनविक्रम कुँवर र कोषाध्यक्षमा सुशील खनाल रहेका छन् ।

    नयाँ पार्टीको केन्द्रीय कमिटिमा ३३ प्रतिशत महिला सहभागीता अनिवार्य गरिएको छ भने १० प्रतिशत युवा र २० प्रतिशत सहभागीता विज्ञहरुको रहनेछ ।

    पार्टीले आयोगबाट “कलम” चुनाव चिह्न पाएको छ । 

    praman patra.jpeg

    २०७८, आषाढ ९ बुधवार०५:५७:१२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार