फिलिपिन्सका पूर्व राष्ट्रपति अक्वीनोको निधन

फिलिपिन्सका पूर्व राष्ट्रपति अक्वीनोको निधन

२०७८, आषाढ १० बिहिवार

  • 3.9K
    SHARES

  • फिलिपिन्सका पूर्व राष्ट्रपति अक्वीनोको निधन

    मनिला । फिलिपिन्सका पूर्व राष्ट्रपति बेनिग्नो अक्वीनोको ६१ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको छ । 

    लामो समयदेखि सख्त बिरामी पर्नु भएका अक्वीनो सन् २०१० देखि २०१६ सम्म फिलिपिन्सको राष्ट्रपति थिए । उनको शासनपछि फिलिपिन्सको राष्ट्रपति रोड्रिगो डुटर्टे बनेका थिए ।

    फिलिपिन्सको सर्वोच्च अदालतका न्यायाधीश मार्भिक लियोनेनले एक विज्ञप्ति प्रकाशन गरी पूर्व राष्ट्रपति अक्वीनोको निधनको खबरले आफूलाई स्तब्ध बनाएको बताएका छन् । 

    अमेरिकी समाचार संस्था सिएनएनका अनुसार “नोयनोय” का उपनामले चिनिने अक्वीनको फिलिपिन्सको राजधानीस्थित क्यापिटोल मेडिकल सेन्टरमा निधन भएको थियो ।

    फिलिपिन्सका अर्थशास्त्री समेत रहेका अक्वीनोले सन् १९९८ मा राजनीतिमा आउनु अघि चिनीको व्यापार गर्थे । सन् २००७ मा सिनेटमा निर्वाचित हुनुअघि उनी तीन पटक प्रतिनिधिसभाको सदस्य चुनिएका थिए ।

    फिलिपिन्सका लोकप्रिय प्रजातान्त्रिक नेता सिनेटर बेनिग्नो “निनोय” अक्वीनो र पूर्व राष्ट्रपति कोराजोन अक्वीनोका एक मात्र छोरा थिए । 

    फिलिपिन्सका पूर्व तानाशाह फर्डिनान्ड मार्कोसको शासनप्रति बिमती राख्ने उनका बुबाको संयुक्तराज्य अमेरिकाको निर्वासनबाट स्वदेश फर्कनेक्रममा सन् १९८३ मा हत्या गरिएको थियो । एजेन्सी

    २०७८, आषाढ १० बिहिवार०४:२३:३५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार