काठमाडौं । पछिल्लो २४ घण्टामा थप २,४७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज ७,२३५ नमुना पीसीआर परीक्षण गर्दा १,५७७ जना र ४,९९७ जनाको एन्टिजेन परीक्षण गर्दा ८९७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २४ जनाको मृत्यु भएको छ भने २,५१८ जना निको भएका छन् ।