जम्मु कश्मिरलाई ‘दिलदेखि र दिल्लीदेखि’ नै नजिक बनाउछौँ: मोदी

जम्मु कश्मिरलाई ‘दिलदेखि र दिल्लीदेखि’ नै नजिक बनाउछौँ: मोदी

२०७८, आषाढ ११ शुक्रवार

  • 897
    SHARES

  • जम्मु कश्मिरलाई ‘दिलदेखि र दिल्लीदेखि’ नै नजिक बनाउछौँ: मोदी

    नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मु कश्मिरलाई दिलदेखि र दिल्लीदेखि नै नजिक बनाउने प्रतिवद्धता जनाएका छन् ।  

    जम्मु कश्मिरलाई दिल र दिल्लीदेखि नजिक बनाउनका लागि आवश्यक लोकतान्त्रिक प्रक्रिया पनि अपनाइने उनको भनाई छ । 

    प्रधानमन्त्री मोदीले जम्मु कश्मिरका सवै पक्षका नेताहरुसँगको बैठकका क्रममा आपसी सम्वन्धलाई बलियो र सुमधुर बनाउन आफू प्रतिवद्ध रहेको पनि उल्लेख गरेका थिए ।   

    जम्मु कश्मिरमा हुन बाँकी रहेको क्षेत्रीय तथा संसद निर्वाचन गराउनु केन्द्रीय सरकारको उच्च प्राथमिकताको विषय रहेको पनि उनले स्पष्ट पारेका छन् ।  

    झण्डै साढे तीन घण्टा भएको बैठकमा जम्मु कश्मिरका १४ नेता सहभागी भएका थिए । उनीहरुका कुरालाई प्रधानमन्त्री मोदीले ध्यानपूर्वक सुन्नु भएको थियो । 

    भारतको संविधानको धारा ३७० खारेज गरेर जम्मु कश्मिरलाई विषेश दर्ता दिने व्यवस्थाको अन्त्य गरेपछि जम्मु कश्मिरका नेता र केन्द्रीय नेताका बीचमा पहिलो पटक बैठक भएको हो । 

    प्रधानमन्त्री मोदीले सन् २०१९ को अगस्टमा भारतको संविधानको धारणा ३७० लाई खारेज गरी जम्मु र कश्मिरलाई दिइएको विषेश दर्ता हटाइएको घोषणा गरेका थिए ।  

    उनीहरुलाई पनि केन्द्रीय सरकार मातहत नै ल्याइएको विषयमा केही विरोध भएपनि कार्यान्वयन भने भइसकेको छ । 

    जम्मु र कश्मिरका नेताहरुसँगको छलफल राम्रो भएको भन्दै प्रधानमन्त्री मोदीले खुशी व्यक्त गरेका समाचारमा जनाइएको छ । 

    जम्मु कश्मिरलाई कसरी अझ राम्रो बनाउने भन्ने बारेमा नेताहरुका बीचमा खुल्ला बहस भएकोले पनि बैठक सन्तोषजनक भएको प्रधानमन्त्री मोदीले बताएका थिए । -एजेन्सी । 

    २०७८, आषाढ ११ शुक्रवार०६:४९:२७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार