बिग बास खेल्न सन्दीप अष्ट्रेलियातर्फ

बिग बास खेल्न सन्दीप अष्ट्रेलियातर्फ

२०७७, मंसिर ३० मंगलवार

  • 1.4K
    SHARES

  • बिग बास खेल्न सन्दीप अष्ट्रेलियातर्फ

    मंसिर ३०, काठमाडौं ।

    नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने बिग बास लिग (बिबिएल) क्रिकेट खेल्न आज अष्ट्रेलिया उडेका छन् । उनि तेस्रोपटक बिग बास खेल्न कतार एयरवेजको उडानमार्फत त्यसतर्फ लागेका हुन् । 

    लामिछाने बुधबार अस्ट्रेलिया पुगेपछि १४ दिनको क्वारेन्टिनमा बस्ने उनका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए । बिग बास भने गत बिहीबारदेखि नै शुरु भइसकेको छ । क्वारेन्टिनमा बस्नुपर्ने भएकाले लामिछानेले शुरुआती छ खेल गुमाउने छन् । यस पटक उनले होबार्ट हुरिकेन्सबाट बिग बास खेल्दै छन् । 

     लामिछानेले यसअघि दुई यामको बिग बास लिग मेलबर्न स्टार्सबाट खेल्नुभएको थियो । उनले पछिल्ला दुई याममा २० खेल खेल्दै २६ विकेट लिएका थिए । उनि आबद्ध होबार्ट आज दिउँसो आफ्नो तेस्रो खेल एडिलेड स्टाइकर्सविरुद्ध खेल्दैछ । होबार्ट यसअघिका दुई खेलमा विजयी भएको थियो । 

    हालसम्मको खेल प्रदर्शनका आधारमा लामिछानेको टोली होबार्ट सात अङ्कसहित लिगको दोस्रो स्थानमा रहेको छ । राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुने तयारीमा रहेको अवस्थामा दुई साताअघि लामिछाने कोरोनाबाट सङ्क्रमित भएका थिए । हाल उनि कोरोनाबाट मुक्त भएका छन् । 

    २०७७, मंसिर ३० मंगलवार०१:१२:५१
    प्रतिक्रिया
    सम्बन्धित समाचार