युरोपेली देशका सदस्यहरुलाई राष्ट्रसंघका महासचिव गुटरेसको आग्रह

युरोपेली देशका सदस्यहरुलाई राष्ट्रसंघका महासचिव गुटरेसको आग्रह

२०७८, आषाढ १२ शनिवार

  • 1.1K
    SHARES

  • युरोपेली देशका सदस्यहरुलाई राष्ट्रसंघका महासचिव गुटरेसको आग्रह

    ब्रसेल्स । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले आप्रवासीका बारेमा समान धारणा निर्माण गरेर अघि बढ्न युरोपेली युनियनका सदस्य राष्ट्रहरुलाई आग्रह गरेका छन् । राष्ट्रसंघका महासचिव गुटर्रेसले बिहीबार युरोपेली संसदको एक अधिवेशनलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । 

    उनले आप्रवासीका समस्याहरुका बारेमा पनि युरोपेली देशका प्राय सबै सदस्य राष्ट्रहरुले समाधान धारणा बनाउन र ती समस्याको समाधानका लागि संयुक्त रुपमा लाग्न सो आग्रह गरेका हुन् ।

    उनको सो सम्बोधनका क्रममा भनेका थिए – मलाई लाग्दछ कि आगामी दिनमा युरोपका राष्ट्रहरुले आप्रवासीका विषयमा आवश्यक पर्ने नीति निर्माण गर्न र यहाँका यस क्षेत्रका समस्या समाधान गर्नका लागि पनि एकताबद्ध भएर लाग्नुपर्दछ ।

    यस क्षेत्रमा आप्रवासीहरुका विषयमा धेरै समस्या रहेकाले ती समस्याहरुलाई कुनै एउटा मात्र देशले समाधान गर्न नसक्ने भएकाले आवश्यक नीति निर्माण गरेर अघि बढ्न उनले आग्रह गरेका हुन् । 

    उनले आफूले पोर्चुगलको प्रधानमन्त्री एवं संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी उच्च आयुक्तको रुपमा गरेको कामको अनुभवबाट यो सुझाव पेश गरेको पनि महासचिव एन्टोनियो गुटर्रेसले त्यस अवसरमा भनेका थिए ।- एजेन्सी । 

     

     

    २०७८, आषाढ १२ शनिवार०६:२४:३९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार