कांग्रेसको संस्थापन इतर समूहमा सभापतिको एक उम्मेदवारबारे छलफल

कांग्रेसको संस्थापन इतर समूहमा सभापतिको एक उम्मेदवारबारे छलफल

२०७८, आषाढ १२ शनिवार

  • 1.3K
    SHARES

  • कांग्रेसको संस्थापन इतर समूहमा सभापतिको एक उम्मेदवारबारे छलफल

    काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको मिति नजिकिँदै गर्दा भावी नेतृत्वका लागि कसरत शुरु भएको छ ।

    सोही क्रममा आज कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका पदाधिकारी तथा केन्द्रीय सदस्यले आसन्न महाधिवेशनको तयारी र नेतृत्वको तयारी सम्बन्धमा छलफल गरे ।

    भेलामा वरिष्ठ नेता पौडेल, महामन्त्री डा शशाङ्क कोइराला तथा नेता प्रकाशमान सिंह, डा रामशरण महत, अर्जुननरसिंह केसी, डा शेखर कोइराला, सुजाता कोइरालालगायत करीब २५ पदाधिकारी तथा केन्द्रीय सदस्य सहभागी थिए ।

    संस्थापन इतर समूहका लगभग उनीहरु सबैले आफूलाई सभापतिको उम्मेदवारीमा दाबी गर्दै आएका छन् । यद्यपि सहमतिका आाधारमा एक मात्र उम्मेदवार बनाउन सकिए कतिपय नेताहरुले पछि हट्न सकिने बताएका थिए ।   

    भेलामा अधिकांश केन्द्रीय सदस्यले सो समूहबाट सभापतिमा सहमतिका आधारमा एक मात्र उम्मेदवार हुनुपर्नेमा जोड दिएका केन्द्रीय सदस्य बद्री पाण्डेले जानकारी दिए ।

    पार्टीको क्रियाशील सदस्यता छानबिन समितिले गरिरहेको कामका बारेमा भेलामा समीक्षा हुनाका साथै भावी नेतृत्वमा सहमतिको प्रयासलाई जारी राख्नुपर्नेमा जोड दिइएको थियो ।

    कांग्रेसको यही असार ४ गते सम्पन्न केन्द्रीय कार्यसमितिले बैठकले  महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने संशोधित कार्यतालिका पारित गरेको छ ।

    सो निर्णयपछि सभापति शेरबहादुर देउवाले सभापतिमा पुनः उम्मेदवारी दिने तयारीका साथ आफू निकट पदाधिकारी र केन्द्रीय सदस्यसँग चरणबद्ध रुपमा छलफल थालेका छन् ।

    पछिल्लो पटक सभापति देउवा निकट मानिएका उपसभापति विमलेन्द्र निधिले पनि सभापतिमा उम्मेदवारी दिने तयारी थालेका छन् । संशोधित कार्यतालिकानुसार गाउँ÷नगर वडा अधिवेशन आगामी साउन १२ गते, गाउँ/नगरपालिका  अधिवेशन साउन १६ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गते हुनेछ ।

    यसैगरी प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ गते तथा प्रदेश अधिवेशन भदौ १ र २ गते निर्धारण गरिएको छ ।


    त्यस्तै क्रियाशील सदस्यताको नयाँ र नवीकरणको अन्तिम सूची तयार गरी केन्द्रीय सभापतिलाई बुझाउने अवधि असार २० गतेभित्र र क्रियाशील सदस्यताको सूचीमा केन्द्रीय सभापतिबाट हस्ताक्षर भई केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि असार ३० गतेभित्र तोकिएको छ । 

    २०७८, आषाढ १२ शनिवार०६:३४:००

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार