काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) छाडेका जनप्रतिनिधिको पद गुमेको छ । निर्वाचन हुँदाका समयको पार्टी छोडेका कारणले माओवादी केन्द्र पार्टीले पद मुक्तकालागि निर्वाचन आयोगमा निवेदन दर्ता गराएकाले नार्वान आयोगले पलमुक्त गरिदिएको हो ।
आयोगले पदमुक्त गरेपनि पदाधिकारीहरु पदबहालीका लागि अदालतमा रिट दर्ता गर्ने देखिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) परित्याग गर्ने तीन प्रमुख, छ उपप्रमुखसहित १४ स्थानीय तहका पदाधिकारीहरु अदालत जाने मनस्थितिमा पुगेका पाइएको हो । माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा (एमाले)मा प्रवेश गरेका ती जनप्रतिनिधिको पद रिक्त भएको हो ।
पद रिक्त स्थानीय तहका पदाधिकारी र सदस्यमा रौतहटका सात, कैलालीका चार तथा ओखलढुङ्गा, महोत्तरी र सिरहाका एकएक जनप्रतिनिधि छन् ।
पद नाम जिल्ला गाउँपालिका/नगरपालिका
प्रमुख रिनाकुमारी साह रौतहट मौलापुर नगरपालिका
प्रमुख सियारामप्रसाद कुशवाहा रौतहट कटहरिया नपा
उप्रमुख परनिया देवी रौतहट देवाही गोनाही नपा
उप्रमुख गौरीशंकरप्रसाद रौतहट मैलापुर नपा
उप्रमुख कान्तिदेवी रौतहट फतुवाविजयपुर न.पा.
उपप्रमुख सिमलकुमारी साह रौतहट माधवनारायण नपा.
उपाध्यक्ष गीतादेवी साह रौतहट यमुनामाई गापा.
नगरकार्यपालिका सदस्य सतमीलालदास ताती सिरहा लहान नपा.
वडाध्यक्ष सुरेशकुमार थापा ओखलढुंगा चम्पादेवी गा.पा.–७,
अध्यक्ष शेष फारुक महोत्तरी सम्सी गा.पा.
उपप्रमुख, छायादेवी देवकोटा कैलाली भजनी नपा.
वडाध्यक्ष, भागिरथी विष्ट कैलाली गौरीगंगा नपा.–४
वडाध्यक्ष, शर्मानन्द भट्ट कैलाली गोदावरी नपा.–१
वडाध्यक्ष पुरन बिसी कैलाली बर्दगोरिया नपा.–४
आयोगको बुधबारको निर्णयले राजनीतिक दलसम्बन्धी नियमावलीबमोजिम निजहरुले दल त्याग गरेकाले निर्वाचित पद स्वतः रिक्त रहने जनाउँदै सूचना प्रकाशन गरि मुक्त भएका थिए ।