भारतमा दैनिक कोरोना सङ्क्रमित ५० हजार तल, झण्डै १२ सयको मृत्यु

भारतमा दैनिक कोरोना सङ्क्रमित ५० हजार तल, झण्डै १२ सयको मृत्यु

२०७८, आषाढ १२ शनिवार

  • 1.6K
    SHARES

  • भारतमा दैनिक कोरोना सङ्क्रमित ५० हजार तल, झण्डै १२ सयको मृत्यु

    नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसको संक्रमणबाट थप ४८ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । 

    सरकारी अधिकारीहरुले शनिबार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ४८ हजार ६९८ जना सङ्क्रमित भएका हुन् ।

    सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या भने थप सङ्क्रमितको सङ्ख्याभन्दा बढी रहेको छ । अधिकारीहरुका अनुसार सोही अवधिमा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या ६४ हजार ८१८ रहेको छ । 

    त्यसैगरी पछिल्लो एक दिनमा भारतमा कोरोनाभाइरसका कारण थप एक हजार १८३ जनाको मृत्यु भएको छ । 

    भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले कोरोनाभाइरसको महामारीको अवस्थामा सुधार आइरहेको जनाएको छ ।

    भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या तीन करोड एक लाख ८३ हजार १४३ पुगेको पनि अधिकारीहरुले जनाएका छन् ।

    ती मध्ये दुई करोड ९१ लाख ९३ हजार ८५ जना सङ्क्रमणमुक्त भएका छन् भने तीन लाख ९४ हजार ४९३ जनाको मृत्यु भएको छ । 

    मन्त्रालयका अनुसार भारतमा अहिले पनि पाँच लाख ९५ हजार ५६५ जना कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेका छन् । 
    कुल सङ्क्रमित मध्ये ९६.७२ प्रतिशत मानिस कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको तथ्याङ्कले देखाएको छ । ती मध्ये १.३१ प्रतिशतको मात्रै मृत्यु भएको छ । 

    भारतको स्वास्थ्य अनुसन्धान परिषद्ले पछिल्लो २४ घण्टामा १७ लाख ३५ हजार ७८१ जनाको कोरोना परीक्षण गरेको छ । यही जुन २५ तारिखसम्ममा भारतमा अहिलेसम्म कुल ४० करोड १८ लाख ११ हजार ८९२ पटक कोरोना परीक्षण गरिएको छ ।

    त्यसैगरी देशभरी अहिलेसम्म ३१ करोड ५० लाख ४५ हजार ९२६ मात्रा खोप प्रयोग भएको छ । ती मध्ये ६१ लाख १९ हजार १६९ जनालाई पछिल्लो २४ घण्टामा खोप लगाइएको छ ।-एजेन्सी । 

    २०७८, आषाढ १२ शनिवार०१:३०:४०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार