बम आक्रमणमा वरिष्ट अधिकारीको हत्या

बम आक्रमणमा वरिष्ट अधिकारीको हत्या

२०७७, मंसिर ३० मंगलवार

  • 1.4K
    SHARES

  • बम आक्रमणमा वरिष्ट  अधिकारीको हत्या

    मंसिर ३०, काठमाडौं ।

    अफगानिस्तानको राजधानी काबुलमा मङ्गलबार भएको बम विस्फोटनमा प्रान्तीय गभर्नरका सहयोगी समेत अर्का एक व्यक्तिको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ ।

    अफगान गृह मन्त्रालयका प्रवक्ता तारिक आरियानले महबुबुल्लाह मुहिबी र उनका कार्यालय सहयोगी बम आक्रमणमा मारिएको बताए ।

    दुबै सरकारी पदाधिकारी चढेको सवारी साधनमा बम राखेर रिमोटबाट पड्काइएको बताउँदै प्रवक्ता तारिकले सवारी साधनमा रहेका दुई सुरक्षाकर्मी गम्भीर घाइते भएको जानकारी दिए ।

    आक्रमणबाट सवारी साधन पनि नराम्रोसँग क्षतिग्रस्त भएको छ । प्रवक्ता तारिकले उक्त घटनाको अनुसन्धान भइरहेको बताए । 

    उक्त आक्रमणको कुनै पनि समूहले जिम्मेवारी लिएको छैन । तर अफगान सरकारी अधिकारीहरुले उक्त आक्रमण विद्रोही तालिबानले गराएको दाबी गरेका छन् ।

    हालैका महिनाहरुमा अफगानिस्तानका ठूला शहरहरुमा तालिबान समूहले घुसपैठ गरी सिलसिलाबद्ध आक्रमण जारी राखेको अफगानी अधिकारीहरुको भनाई छ ।

    मङ्गलबार नै काबुलकै पूर्वी क्षेत्रमा सशस्त्र लडाकूले प्रहार गरेको गोली लागेर एक जना प्रहरी अधिकृतको ज्यान जानुका साथै अरु दुई प्रहरी घाइते भएका छन् ।

    गत नोभेम्बर महिनामा मात्र झण्डै ४४ जनामाथि भएका व्यक्ति–लक्षित आक्रमणमा ज्यान गइसकेको छ । - एजेन्सी

    २०७७, मंसिर ३० मंगलवार०१:४४:५८
    प्रतिक्रिया
    सम्बन्धित समाचार