अफगानिस्तानमा सेनाको कारबाहीमा परी २४ तालिबानको मृत्यु

अफगानिस्तानमा सेनाको कारबाहीमा परी २४ तालिबानको मृत्यु

२०७८, आषाढ १३ आइतवार

  • 965
    SHARES

  • अफगानिस्तानमा सेनाको कारबाहीमा परी २४ तालिबानको मृत्यु

    कुन्दुज । अफगानिस्तानको दक्षिणी प्रान्त कुन्दुजमा यहाँको संयुक्त सेनाले गरेको कारबाहीमा परी कम्तीमा पनि २४ जना तालिबान आतंककारी मारिएका छन् । यहाँको संयुक्त सेनाले गरेको कारबाहीमा परी ती लडाकू मारिएको बताइएको छ । यहाँको संयुक्त सेनाले कुन्दुज तथा अन्य भागमा शुक्रबार रातिदेखि विशेष कारबाही शुरु गरेको थियो ।

    अफगानिस्तानको दक्षिणी भूभागमा रहेको से दराक नामको प्रान्तमा शुक्रबार रातिदेखि शनिबार बिहानसम्म गरेको कारबाहीमा १६ जना लडाकू मारिएका छन् । ती स्थानमा भएका कारबाहीमा परेर अरु १० जना घाइते पनि भएका बताइएको छ । सेनाले कुन्दुजका प्रान्तीय राजधानीबाट केही टाढा तालिबान लडाकूलक्षित हवाई र स्थलमार्गबाट गरेको कारबाहीको क्रममाा ती तालिबान लडाकूहरु मारिएका बताइएको छ ।

    त्यसैगरी अफगानिस्तानको सेनाले कुन्दुज नगरमा पनि हवाई तथा स्थलगत रुपमा तालिबानका लडाकूहरुमाथि कारबाही गरेको थियो । त्यस कारबाहीका क्रममा अरु आठ जनाको ज्यान गएको थियो । यहाँको एक स्थानीय घरमा तालिबानहरु लुकेर बसेको सूचनाका आधारमा अफगान सेनाले कारबाही गरेको थियो ।

    अफगानिस्तानको सरकार र यहाँका तालिबानहरुका बीचमा शान्ति वार्ता हुने भनिएको थियो तर हुन सकेको छैन । त्यसैले पछिल्लो समयमा तालिबानहरुले पनि यहाँका सुरक्षाकर्मीमाथि हमला गर्ने गरेका छन् ।- एजेन्सी । 

     

    २०७८, आषाढ १३ आइतवार०७:०३:२४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार