भारतमा गत २४ घण्टामा कोरोनाबाट एक हजार भन्दा कमको मृत्यु

भारतमा गत २४ घण्टामा कोरोनाबाट एक हजार भन्दा कमको मृत्यु

२०७८, आषाढ १४ सोमवार

  • 997
    SHARES

  • भारतमा गत २४ घण्टामा कोरोनाबाट एक हजार भन्दा कमको मृत्यु

    नयाँ दिल्ली । गत २४ घण्टामा भारतमा ४६ हजार १४८ थप व्यक्तिमा कोरोना सङ्क्रमण भएपछि कोरोना सङ्क्रमितको कूल सङ्ख्या तीन करोड २७ लाख ९ हजार ३३१ पुगेको छ ।

    यसै अवधीका भारतमा कोरोना सङ्क्रमणबाट ९७९ व्यक्तिको मृत्यु भएपछि यस प्रकोपबाट ज्यान गुमाउनेको संख्या तीन लाख ९६ जार ७३० पुगेको छ । 

    करिब दुई महिना आधायता २४ घण्टाको  समयावधिमा  भारतमा एक हजार भन्दा कम व्यक्ति कोरोना सङ्क्रमणबाट मृत्यु भएको जुन २८ मा पहिलो पटक हो । गत अप्रिल १४ मा भारतका कोरोना सङ्क्रमणबाट एक हजार भन्दा बढीको मृत्यु भएको थियो । 

    हाल भारतमा पाँच लाख ७२ हजार ९९४ जना सक्रिय सङ्क्रमित रहेका छन् । गत २४ घण्टाको समय अवघिमा ५८ हजार ५७८ व्यक्ति कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । भारतमा कोरोना शुरु भएदेखि हालसम्म दुई करोड ९३ लाख ९ हजार ६०७ व्यक्ति कोरोना मुक्त भएका छन् । -एजेन्सी ।

    २०७८, आषाढ १४ सोमवार०१:५४:४७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार