शान्ता चौधरी भन्छिन्, 'माधव नेपाल निस्क्नै नसक्ने गरि कांग्रेसको जालमा परे' 

शान्ता चौधरी भन्छिन्, 'माधव नेपाल निस्क्नै नसक्ने गरि कांग्रेसको जालमा परे' 

२०७८, आषाढ १४ सोमवार

  • 1.0K
    SHARES

  • शान्ता चौधरी भन्छिन्, 'माधव नेपाल निस्क्नै नसक्ने गरि कांग्रेसको जालमा परे' 

    काठमाडौं । नेकपा एमाले नेतृ शान्ता चौधरीले पार्टी बरिष्ठ नेता एवं पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल निस्क्नै नसक्ने गरि कांग्रेसको जालमा परेको आरोप लगाएकी छन् । 

    वरिष्ठ नेतामा गम्भिर राजनीतिक बिचलन आएकै कारणले नेता नेपालले एकताबद्ध एमाले बनाउने जिम्मेवारपूर्ण भुमिका खेल्न नसकेका चौधरीको दाबी छ । 

    शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाए पछि देउवाले पार्टी विभाजन गर्न सहज हुने अध्यादेश ल्याईदिने, माधव नेपालले पार्टी विभाजन गरिदिने र चुनावी सरकारको नेतृत्व गर्न पाइने लोभले नेता नेपाललाई बुढानिलकण्ठ प्यारो लागेको छ नेतृ चौधरीले सामाजिक संजालमा लेखेकी छन् । 

    चुनावमा तपाईमात्र हैन, प्रचण्ड, उपेन्द्र र बाबुराम सबैलाई कांग्रेसले भाग छुठ्याइदिने भनेकै कारण दिवा सपनामा अल्मिलिएको दावी गर्दै चौधरीले लेखेकी छन्, 

    "आदरणीय कमरेड माधव नेपाल 
     हार्दिक अभिवादन ।
    नेकपा (एमाले) को तपाईं  आदरणीय नेता हुनुहुन्थ्यो, श्रद्धेय हुनुहुन्थ्यो  । 
    हेर्दा हेर्दै यति ठुलो बिचलन तपाईंमा देख्न पर्‍यो । फँस्नु भयो कमरेड फँस्नु भयो तपाईं । निस्क्नै नसक्ने गरि कांग्रेसको जालमा पर्नु भयो ।  
    शेरबहादुरलाई प्रधानमन्त्री बनाउने, त्यसपछि पार्टी बिभाजन गर्न सजिलो पर्ने गरि शेरबहादुरले अध्यादेश ल्याइदिने, अनि तपाईंले पार्टी विभाजन गरिदिने, चुनावी सरकारको नेतृत्व तपाईंले गर्ने, आगामी निर्वाचनमा तपाईंलाई कांग्रेसले जिताईदिने, चुनावी गठबन्धन गर्ने, कांग्रेसले तपाईंलाई एमाले भन्दा ठुलो पार्टी बनाई दिने, वा कमरेड वा तपाईं सपना ! 
    यो स्ट्याटस सुरक्षीत होस, साथीहरु स्क्रिनसट गरेर राख्नुहोस, पछि मलाई देखाउनु होस, म चुनौती दिन्छु । निर्वाचन पछि तपाईं त्यहीँ पुग्नुहुन्छ जहाँ आज सिपी मैनाली छन् । 
    कांग्रेसलाई आफैंभित्र सकस हुनेछ, आफ्नै पार्टीभित्रको गुटकालागि टिकट को भागबन्डा मिलाएर बितरण गर्न उसलाई आफैलाई सकस हुनेछ । 
    तपाईंको पार्टीलाइ कांग्रेसले भाग छुट्याई दिने, प्रचण्डलाई छुट्याईदिने, बाबुराम उपेन्द्रलाइ छुट्याएर दिने अनि कांग्रेसका मतदाताले तपाईंहरुलाई भोट दिएर जिताई दिने, वा कमरेड वा तपाईंको दिवा सपना । राष्ट्रियसभाको उपनिर्वाचन जस्तै ठान्नु भयो की क्याहो कमरेडले । कमरेडको राजनीति हेर्दाहेर्दै कांग्रेसको शरणमा .... भो कमरेड भो, पतनको बाटो नजानुहोस ।"

    २०७८, आषाढ १४ सोमवार०२:१७:३९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार