उत्तरी अफगानिस्तानमा सैनिक कारबाही, ११ तालिबानीको मृत्यु

उत्तरी अफगानिस्तानमा सैनिक कारबाही, ११ तालिबानीको मृत्यु

२०७८, आषाढ १४ सोमवार

  • 953
    SHARES

  • उत्तरी अफगानिस्तानमा सैनिक कारबाही, ११ तालिबानीको मृत्यु

    काबुल । फगानिस्तानको उत्तरी बडाखसान प्रान्तमा शनिबार राति सेनाले गरेको कारबाहीमा कम्तीमा ११ जना तालिबानी लडाकू मारिएका छन् ।

    अफगानिस्तानको रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्रान्तका विभिन्न भागमा भएका ती कारबाहीमा अरु १७ जना लडाकू घाइते भएका छन् । 

    मन्त्रालयले स्थानीय प्रतिरोध समूहसँग मिलेर सेनाले तिस्कान, बाहाराक, तगाब, किसिम र जुर्म जिल्लामा आइतबार राति कारबाही गरेको जनाएको छ । 

    तालिबानका डिभिजनल कमान्डर हम्जा पनि उक्त कारबाहीमा घाइते भएका छन् । सेनाले तालिबानी समूहका हातहतियार र गोलाबारुद पनि ध्वस्त पारिदिएको छ । उक्त घटनाका बारेमा तालिबान समूहले भने कुनै प्रतिक्रिया जनाएको छैन ।

    गत मे १ देखि अमेरिकी र नेटो सैनिक अफगानिस्तानबाट फिर्ता हुन थालेयता देशका विभिन्न भागमा हिंसात्मक घटनाहरु निकै बढेका छन् ।

    तालिबान समूहसँग भएको सम्झौता बमोजिम करिब तीन हजार ५०० अमेरिकी र सात हजार नेटो सैनिक आगामी सेप्टेम्बर ११ अगावै स्वदेश फर्किनेछन् । -एजेन्सी । 

    २०७८, आषाढ १४ सोमवार०३:२३:५४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार