१०० अंकले बढेको बजारमा सामान्य करेक्सन

१०० अंकले बढेको बजारमा सामान्य करेक्सन

२०७७, मंसिर ३० मंगलवार

  • 1.3K
    SHARES

  • १०० अंकले बढेको बजारमा सामान्य करेक्सन

    मंसिर ३०, काठमाडौं ।

     १०० अंकले बढेको बजारमा मंगलबार सामान्य करेक्सन देखिएको छ।

    मंगलबार  ५ अंकले घटेर २०६१ अंकमा रोकिएको बजारमा ६ अर्ब रुपैयाँभन्दा बढीको किनबेच भएको छ। सोमबार ५६ अंकले बढेको बजारमा ७ अर्ब २० करोड रुपैयाँको कारोबार भएको थियो। आइतबार र सोमबार गरी १०२ अंकले बढेको बजारमा मंगलबार ५ अंकले गिरावट देखिएको छ ।

     लघुवित्त कम्पनीको सेयर मूल्य सर्वाधिक बढे पनि कारोबारमा भने बीमा कम्पनीको अग्रता देखिएको छ। गुराँस लघुवित्त, ग्लोबल आइएमई लघुवित्त, माहुली लघुवित्त, उन्नति सुरक्षा लघुवित्त, नेशनल माइक्रोफाइनान्स र नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ।

    सर्वाधिक कारोबार हुने क्रममा मंगलबार पनि नेपाल लाइफ र पुनर्बीमा कम्पनी छन्। नेपाल लाइफको ५२ करोड रुपैयाँको सेयर कारोबार हुँदा पुनर्बीमा कम्पनीको ३६ करोड रुपैयाँको कारोबार भएको छ।

    नेपाल बैंकको २२ करोड रुपैयाँको सेयर किनबेच हुँदा नबिल बैंक र नेशनल लाइफ इन्स्योरेन्सको २०/२० करोड रुपैयाँको सेयर किनबेच भएको छ।

    २०५ कम्पनीको ९७ लाख कित्ता सेयर किनबेच भएकोमा ५४ कम्पनीको मात्रै मूल्य बढेको छ। १६ कम्पनीको मूल्य स्थिर रहँदा बाँकी सबै कम्पनीको सेयर मूल्य घटेको छ।

     

    २०७७, मंसिर ३० मंगलवार०३:३४:३९
    प्रतिक्रिया
    सम्बन्धित समाचार