'डुरान्ड लाइन’ बन्द गर्ने पाकिस्तानका प्रधानमन्त्रीको चेतावनी

'डुरान्ड लाइन’ बन्द गर्ने पाकिस्तानका प्रधानमन्त्रीको चेतावनी

२०७८, आषाढ १५ मंगलवार

  • 1.1K
    SHARES

  • 'डुरान्ड लाइन’ बन्द गर्ने पाकिस्तानका प्रधानमन्त्रीको चेतावनी

    काबुल । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले शनिबार तालिवानले अफगानिस्तानमा जबरजस्ती सत्ता कब्जा गरेमा पाकिस्तानले सीमाना बन्द गर्ने चेतावनी दिएका छन् ।

    पाकिस्तानी सञ्चारमाध्यम डनलाई उद्धृत गर्दै अफगानिस्तान टाइम्सले भनेको छ, “पाकिस्तानले तालिवानलाई अफगान सरकारसँग वार्तामा संलग्न हुन दबाब दिन सबै प्रयास गर्नेछ साथै अफगानिस्तानी तालिवानले सत्ता कब्जा गर्न खोजेमा आफ्नो देशसँगको सीमाना ‘डुरान्ड लाइन’ बन्द गर्नेछ ।”  यो सीमानाले पाकिस्तानको व्यापारिक सम्बन्धलाई मध्य एशियाली देशहरूसँग जोड्दछ । 

    पाकिस्तानले अफगानिस्तानसँगको ८० प्रतिशतभन्दा बढी ‘डुरान्ड लाइन’मा बार लगाइसकेको छ । 

    अमेरिकी सेना देशबाट फिर्ता जाने तयारी (सहमति)सँगै तालिवान देशभर आक्रामक बनेको र हिंसात्मक गतिविधिमा वृद्धि भएको पाकिस्तानी प्रशासनको बुझाई छ । 

    यसैबीच, अफगानिस्तानमा राष्ट्रिय मेलमिलापका लागि उच्च परिषद्का अध्यक्ष अब्दुल्ला अब्दुल्लाले जारी वार्तालाई अन्त्य गर्न शान्ति वार्तालाई निरन्तरता दिन शनिबार आग्रह गरेका छन् । -एजेन्सी

     

     

    २०७८, आषाढ १५ मंगलवार०७:२९:४३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार