अर्थमन्त्री पौडेलद्वारा चक्रपथको निरीक्षण

अर्थमन्त्री पौडेलद्वारा चक्रपथको निरीक्षण

२०७७, मंसिर ३० मंगलवार

  • 1.6K
    SHARES

  • अर्थमन्त्री पौडेलद्वारा चक्रपथको निरीक्षण

    मंसिर ३०, काठमाडौं ।

    अर्थमन्त्री विष्णु पौडेलले रुपन्देहीको सैनामैना नगरपालिकामा निर्माणाधीन चक्रपथको आज निरीक्षण गरेका छन्  । उनका साथमा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीको समेत सहभागीता थियो ।

     नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले चक्रपथ निर्माणको पछिल्लो अवस्था बारेमा जानकारी दिएका थिए ।  सो अवसरमा अर्थमन्त्री पौडेलले सैनामैनाको शहरीकरणका लागि आवश्यक बजेटको व्यवस्था सङ्घीय र प्रदेश सरकारबीच छलफल गरेर टुङ्गो लगाइने जानकारी दिए ।

    उनले बजेटका विषयमा चिन्ता नगर्न आग्रह गर्दै तोकिएको समयमा सडक आयोजनाको काम पूरा गर्न सम्बन्धित निकायलाई निर्देशन दिए । 

    मन्त्री पौडेलले चक्रपथमा रहेका स्थानीयवासीसँग छलफल गर्दै सडकको कामलाई गुणस्तरीय बनाउन स्थानीयवासीको जागरुकता आवश्यक भएको बताए ।

    कूल रु ५७ करोड १२ लाखको लागतमा निर्माण हुन लागेको सडकको भौतिक प्रगति ४८ प्रतिशत भएको छ । नगरपालिका– ११ मा पर्ने क्षेत्रको चक्रपथको दुई किलोमिटर सडक कालोपत्र भएको छ । सो सडकको १६.५ किलोमिटर ग्राभेलको काम सकिएको र  करिब १३० कल्भर्ट र आठ पुल निर्माण हुने छ । विसं २०७४ जेठ १७ गते चक्रपथको ठेक्का सम्झौता भएको थियो । 

    २०७७, मंसिर ३० मंगलवार०३:४८:१५
    प्रतिक्रिया
    सम्बन्धित समाचार