इजरायली विदेश मन्त्री युएईको भ्रमणमा

इजरायली विदेश मन्त्री युएईको भ्रमणमा

२०७८, आषाढ १६ बुधवार

  • 1.2K
    SHARES

  • इजरायली विदेश मन्त्री युएईको भ्रमणमा

    अबुधाबी । इजरायलका विदेश मन्त्री याईर लापिड मङ्गलबार युनाइटेड अरब इमिरेट्स (युएई) को औपचारिक भ्रमणका लागि अबुधाबी आइपुगेका छन् ।  

    युएईको भ्रमण गर्ने उनी इजरायलको हालसम्मकै सबैभन्दा उच्च पदाधिकारी हुन् ।  

    लापिडको कार्यालयले जारी गरेको विज्ञप्तिमा लापिडको प्रतिनिधिमण्डलमा विदेश मन्त्रालयका महानिर्देशक एलोन उस्पिज र अन्य पदाधिकारीहरु रहेका उल्लेख गरिएको छ ।  

    दुई दिने यस भ्रमणका अवधिमा लापिडले युएईको राजधानी अबुधाबीमा इजरायलको नवस्थापित राजदूतावास तथा दुबईको कन्सुलेटको उदघाटन गर्नेछन् । 

    येस अटिड पार्टीका नेता समेत रहेका विदेश मन्त्री लापिड हालको इजरायली गठबन्धनको सरकार बनाउने प्रमुख व्यक्ति समेत हुन् ।  

    इजरायल र युएईले सन् २०२० को सेप्टेम्बरमा अमेरिकी मध्यस्थतामा सम्बन्ध सामान्यीकरण सम्झौतामा हस्ताक्षर गरेका थिए । -एजेन्सी । 

     

    २०७८, आषाढ १६ बुधवार०६:४६:१५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार