कोरोना अपडेट: थप ९३६ जनामा कोरोना पुष्टि

कोरोना अपडेट: थप ९३६ जनामा कोरोना पुष्टि

२०७७, मंसिर ३० मंगलवार

  • 1.6K
    SHARES

  • कोरोना अपडेट: थप ९३६ जनामा कोरोना पुष्टि

    मंसिर ३०, काठमाडौं ।

    पछिल्लो २४ घण्टामा थप ९३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ११७ जनामा गरेको परीक्षणमा ५८५ पुरुष र ३५१ जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ५० हजार १८० पुगेको छ ।

    पछिल्लो २४ घण्टामा १ हजार ९९६ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ३८ हजार ५६९ पुगेको छ ।

    हाल मुलुकभर सक्रिय संक्रमितको संख्या ९ हजार ८८१ रहेको छ ।

     

    २०७७, मंसिर ३० मंगलवार०४:५४:१५
    प्रतिक्रिया
    सम्बन्धित समाचार