सोमालियाका करिब ६० लाख मानिसमा खाद्य संकट, सहयोगका लागि राष्ट्रसंघको आग्रह

सोमालियाका करिब ६० लाख मानिसमा खाद्य संकट, सहयोगका लागि राष्ट्रसंघको आग्रह

२०७८, आषाढ १७ बिहिवार

  • 901
    SHARES

  • सोमालियाका करिब ६० लाख मानिसमा खाद्य संकट, सहयोगका लागि राष्ट्रसंघको आग्रह

    संयुक्त राष्ट्रसंघ । सोमालियामा उत्पन्न भएको खाद्य संकटको समस्या तत्कालै टार्नका लागि संयुक्त राष्ट्रसंघले सहयोगको अपिल गरेको छ ।

    त्यहाँ केही समय यतादेखिको खडेरी तथा आन्तरिक द्धन्द्धका कारण खाद्य संकट परेको जनाइएको छ । यहाँ समयमा पानी नपरेका कारण देशव्यापी रुपमा सुख्खापन भएको समाचार पहिलेदेखि नै आएको थियो ।

    जसका कारण यहाँका ५९ लाखभन्दा बढी मानिस प्रभावित भएका बताइएको छ । सो कुरा सोमालियामा रहेको मानवीय सहायतासम्बन्धी निकायले जानकारी दिएको छ ।

    मानवीयता सम्बन्धी सहयोगका लागि संयुक्त राष्ट्रसंघीय कार्यालय (ओसिएचए) का अनुसार सोमालियामा हालैका दिनमा देखिएको चरम खाद्य संकटले गर्दा लाखौँ लाख मानिस विस्थापित पनि भएका छन् ।

    यो वर्ष नै अप्रिलदेखि सेप्टेम्बर सम्ममा ती नागरिकलाई खाद्य संकट पर्ने जनाइएको थियो । यहाँका अधिकारीहरुले पहिलो कुरा त आवश्यक मात्रामा पानी नपरेका कारण उब्जनी नभएको बताएका छन् भने अर्कातर्फ यहाँ आन्तरिक द्धन्द्धका कारण पनि मानिसहरुले खान पाएका छैनन् ।

    मानवीयता सम्बन्धी सहयोगका लागि संयुक्त राष्ट्रसंघीय कार्यालय (ओसिएचए) का सोमालियाका संयोजक आदम अब्देलमौलाका अनुसार यहाँका कम्तीमा पनि ५० लाख नागरिकलाई तत्कालै खाद्य सहयोग उपलब्ध गराउनुपर्ने अवस्था रहेको जनाएका छन् । 

    सोमालियाको सरकारले गत अप्रिलमा संयुक्त राष्ट्रसंघीय अधिकारीहरुसँग परामर्श गरी यहाँ खडेरीका कारण खाद्य संकट पर्न गएको घोषणा गरेको थियो ।

    सोही कारण संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी उक्त निकायले सहयोगका लागि विदेशी दातृसंस्था या देशहरुलाई आग्रह पनि गरेको बताइएको छ । -एजेन्सी । 

     

    २०७८, आषाढ १७ बिहिवार०६:४९:२३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार