फ्लोरिडाको भवनमा च्यापिएकामध्ये १२ जनाको मृत्यु, १४९ अझै बेपत्ता

फ्लोरिडाको भवनमा च्यापिएकामध्ये १२ जनाको मृत्यु, १४९ अझै बेपत्ता

२०७८, आषाढ १७ बिहिवार

  • 1.0K
    SHARES

  • फ्लोरिडाको भवनमा च्यापिएकामध्ये १२ जनाको मृत्यु, १४९ अझै बेपत्ता

    फ्लोरिडा । संयुक्तराज्य अमेरिकाको फ्लोरिडामा भत्किएको एउटा भवनमा मृत्यु हुनेको संख्या १२ जना पुगेको छ । 

    मियामी–डेड काउन्टीका मेयर डानिएला लिभाइन काभाका अनुसार भवनको भग्नावशेषमा पुरिएर अझै १४९ जना बेपत्ता छन् र उनीहरुको खोजी कार्य जारी रहेको छ ।

    मेयर काभाले पछिल्लो पटक मङ्गलबार साँझ दिनु भएको वक्तव्यमा बेपत्ता हुनेको संख्या अझै यकिनका साथ बताउन कठिन भइरहेको जानकारी दिए ।  

    उद्धारकर्ताहरुले थप मानिसको खोजीका लागि दिनरात खोजी कार्य जारी राखेका छन् तर वर्षा र भग्नावशेषका कारण खोजी कार्यमा कठिन भएको छ ।

    अमेरिकी राष्ट्रपति जो बाइडेनले सर्फसाइडमा भएको उक्त दुर्घटना स्थलको बिहीबार निरीक्षण गरेका छन् ।  

    गत बिहीबार मियामी समुद्र किनारामा रहेको एउटा ठूलो भवन एक्कासी भत्किएको थियो । भवन भत्किनुको कारण अझै स्पष्ट भइसकेको छैन । तर, सन् २०१८ मा दिइएको प्रतिवेदनले भवनको संरचनामा कमजोरी रहेको देखाएको छ ।- एजेन्सी । 

     

    २०७८, आषाढ १७ बिहिवार०६:५६:२८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार