काठमाडौँ । नयाँनयाँ प्रविधि र विषयमा रुची राख्ने काठमाडौंको जेभियर इन्टरनेशनल कलेजले अन्तरराष्ट्रिय पुरस्कार वर्ल्ड लिडर समिट अवार्ड पाएको छ। विश्व शैक्षिक क्षेत्रमा पुर्याएको योगदान स्वरुप विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गरेकाले जेभियरलाई सो अवार्ड प्रदान गरिएको हो ।
निरन्तर शैक्षिक गुणस्तर र उत्कृष्ट पूर्वाधार सहित युगलाई सुहाउँदो शिक्षा प्रदान गरेकोले कलेज सम्मानित भएको जेभियर इन्टरनेशनल कलेजका सिईओ तथा नेपाल स्काउटका राष्ट्रिय संयोजक लोक बहादुर भण्डारीले बताएका छन् ।
इन्टरनेशनल सेन्टर फर एक्सिलेन्स इन एजुकेसन र स्पेस (सोसाइटी फर पेपेरचयसन अफ आर्ट कल्चर एन्ड एजुकेसन) नामक संस्थाले विश्वभरीवाट जेभियर इन्टरनेशनल कलेजलाई गुणस्तरिय शिक्षा प्रदान गरेकोले सो अवार्ड प्रदान गरेको जेभियर इन्टरनेशनल कलेजले जानकारी दिएको छ ।