प्रहरी कर्मचारीले राष्ट्रिय वाणिज्य बैंकबाट बिना धितो ऋण पाउने

प्रहरी कर्मचारीले राष्ट्रिय वाणिज्य बैंकबाट बिना धितो ऋण पाउने

२०७८, आषाढ १७ बिहिवार

  • 2.1K
    SHARES

  • प्रहरी कर्मचारीले राष्ट्रिय वाणिज्य बैंकबाट बिना धितो ऋण पाउने

    काठमाडौं। नेपाल प्रहरीका कर्मचारीहरुले राष्ट्रिय वाणिज्य बैंकबाट सहुलियतपूर्ण ऋण पाउने भएका छन्। 

    बैंकमा नेपाल प्रहरीको तलबी बचत खाता सञ्चालन हुने छ। खातामा आगामी ५ वर्षसम्म सञ्चालन हुने छ। साथै प्रहरी कर्मचारीले बैंकबाट बिना धितो कर्जा पाउने छन्। 

    समझदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक निरजबहादुर शाहीले हस्ताक्षर गरेका छन्। 

    हस्ताक्षर कार्यक्रममा श्रेष्ठले कोभिड–१९ को विषम परिस्थितिमा प्रहरी कर्मचारीहरूको स्वास्थ्य हितका लागि १० हजार थान सर्जिकल मास्क र सेनिटाइजर हस्तान्तरण गरेका छन्। 

    २०७८, आषाढ १७ बिहिवार०३:०८:४२
    प्रतिक्रिया
    सम्बन्धित समाचार