महासंघको पहलमा खेलाडीको निःशुल्क उपचार

महासंघको पहलमा खेलाडीको निःशुल्क उपचार

२०७८, आषाढ १८ शुक्रवार

  • 1.7K
    SHARES

  • महासंघको पहलमा खेलाडीको निःशुल्क उपचार

    काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाएका खेलाडीहरु खेलका क्रममा घाइते भएमा निशुल्क उपचार हुने भएको छ । 

    नेपाल खेलकुद महासंघको पहलमा राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य-सचिव रमेशकुमार सिलवाल, सदस्य सुभाष श्रेष्ठ, ट्रमा सेन्टरका डाईरेक्टर डा. सन्तोष पौडेल, प्रशासन प्रमुख राजकुमार पोखरेल र खेलकुद महासंघका पदाधिकारीबीच शुक्रवार बसेको बैठकले सो सहमति गरेको हो ।

    खेलकुद क्षेत्रमा बिगत लामो समयदेखी सम्पन्न गर्न बाँकी रहेका तथा तत्काल गर्नुपर्ने अत्यावश्यक कार्यहरु लगायतका अन्य केही समसामयिक विषयमा समेत छलफल गरिएको महाशंघ अध्यक्ष रमेश पौडेलले बताए । 

    "खेल खेल्दा ढुक्कका साथ खेल्न सक्ने वातावरण बनाउनका लागि पनि निःशुल्क उपचारको व्यवस्थामा ढिलाई भएको महशुस गरि तत्काल कार्यान्वयन गर्ने गरि सहमति गरिएको पौडेलले बताए ।" बैठकले केही दिनमा सहमति सार्वजनिक गर्ने निर्णय गरेको पनि उनको भनाई छ ।

    २०७८, आषाढ १८ शुक्रवार०७:२६:४७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार