इन्डोनेसियामा १२ देखि १७ वर्षकालाई खोप लगाउन शुरु

इन्डोनेसियामा १२ देखि १७ वर्षकालाई खोप लगाउन शुरु

२०७८, आषाढ १९ शनिवार

  • 1.0K
    SHARES

  • इन्डोनेसियामा १२ देखि १७ वर्षकालाई खोप लगाउन शुरु

    जाकार्ता । इन्डोनेसियाको सरकारले यहाँका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका र युवायुवतीलाई पनि कोरोना भाइरसका विरुद्धको खोप लगाउन शुरु गरेको छ ।

    प्राप्त समाचारअनुसार यहाँ ती नागरिकलाई खोप लगाउनका लागि शुक्रबारबाट अभियान नै शुरु गरिएको बताइएको छ ।

    शुक्रबार एन्डोनेसियाको राजधानी जकार्तामा रहेको एक सार्वजनिक विद्यालयबाट सो खोप अभियानको शुरुवात गरिएको बताइएको छ ।

    आज बिहान सो विद्यालयका १०० जना विद्यार्थीलाई खोप लगाएर सो अभियान थालिएको छ । यहाँको सरकारले बालबालिकालाई खोप लगाउने कार्यक्रमलाई एक राष्ट्रिय अभियानका रुपमा शुरु गर्ने जनाएको छ ।

    इन्डोनेसियाको जाकार्ता प्रान्तीय प्रशासनले यस क्षेत्रका कम्तीमा पनि १२ लाख जना बालबालिकालाई यो खोप दिने लक्ष्य राखेको छ । विद्यालयहरुमा नै पुगेर सो खोप दिइने यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । 

    यहाँ यही जुलाई १ सम्मको तथ्यांकअनुसार यहाँका तीन करोडभन्दा बढी नागरिकले सिनोभ्याक्सको एक मात्रा खोप लगाइसकेका छन् ।

    त्यसैगरी १ करोड ३० लाख मानिसले दुवै मात्रा खोप लिएका यहाँको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् । -एजेन्सी । 

     

     

    २०७८, आषाढ १९ शनिवार०६:३५:२३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार