एक नम्बर बरियता टिम बेल्जियम बाहिरियो, इटली सेमिफाइनलमा

एक नम्बर बरियता टिम बेल्जियम बाहिरियो, इटली सेमिफाइनलमा

२०७८, आषाढ १९ शनिवार

  • 1.6K
    SHARES

  • एक नम्बर बरियता टिम बेल्जियम बाहिरियो, इटली सेमिफाइनलमा

    काठमाडौं । विश्व फुटवलमा एक नम्बर वरियता टिम बेल्जियम युरोकप २०२० बाट बाहिरिएको छ । 

    गएराति सम्पन्न भएको दोस्रो क्वाटरफाइनलमा इटलीले बेल्जियमलाई २-१ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।

    जर्मनीको म्युनिकमा भएको खेलमा इटलीका लागि निकोलो बरेला र लरेन्जो इनसिग्नेले गोल गरे । बेल्जियमका लागि रोमेलु लुकुले एक गोल फर्काए । यससँगै इटलीले अब फाइनल पुग्न स्पेनसँगको भेट समेत पक्का गरेको छ । 

    खेलको १३औं मिनेटमै इटलीका लियोनार्दो बोनुचीले गोल गरेका थिए । तर भिएआरले अफसाइड भएको भन्दै गोललाई मान्यता दिएन । तर इटलीले धेरै समय कुर्नुपरेन । ३१औं मिनेटमा निकोलो बरेलाले मार्को भेराटीको पासमा गोल गर्दै इटलीलाई अग्रता दिलाए ।

    ४४औं मिनेटमा लरेन्जो इनसिग्नेले गोल गर्दै इटलीको अग्रता दोब्बर पारे । पहिलो हाफको इन्जुरी टाइममा बेल्जियमले पेनाल्टीमा गोल गर्दै गोल अन्तर घटायो । इटलीका जिओभानी डि लरेन्जोले जेरेमी डुलाई धकेलेर लडाएपछि बेल्जियमले पेनाल्टी पायो । जसमा रोमेलु लुकाकुले सहजै गोल गरे ।

    दोस्रो हाफमा बेल्जियमले बराबरी गोल फर्काउने खोजेपनि सफल हुन सकेन । नियमित कप्तान इडेन हजार्ड घाइते भएकाले इटलीविरुद्ध खेलेनन् । तर केभन डे ब्रुयन भने शतप्रतिशत फिट नभएपनि खेलेका थिए ।

    बेल्जियममाथि जित हातपारेसँगै इटलीले अपराजित यात्रालाई ३२ खेलसम्म पुर्‍याएको छ । यस संस्करण युरोकपमा इटलीले लगातार पाँच खेल जितिसकेको छ, जसमा ११ गोल गर्दा जम्मा २ गोल मात्र बेहोरेको छ ।

    यस खेलअघि छनोटसहित इटली र बेल्जियमले समान १४ खेल जितेका थिए । 

    २०७८, आषाढ १९ शनिवार०८:५७:०७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार