बिपी राजमार्ग अवरुद्ध

बिपी राजमार्ग अवरुद्ध

२०७८, आषाढ १९ शनिवार

  • 1.0K
    SHARES

  • बिपी राजमार्ग अवरुद्ध

    बनेपा । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१२ स्थित माम्दी खोलामा बाढी आएपछि सो क्षेत्र भएर सञ्चालन भएको बिपी राजमार्ग अवरुद्ध भएको छ । शुक्रबारदेखि परेको अविरल वर्षाका कारण खोलाको माथिबाट लेदोसहितको बाढी आएर सडकमा थुप्रेपछि राजमार्ग अवरुद्ध भएको हो ।

    राति १-२ बजेदेखि लेदो थुप्रिएका कारण नै सडक अवरुद्ध भएपछि अहिले रामेछाप, सिन्धुली र पूर्वी तराई जाने र काठमाडौँ आउने सवारी साधनहरु रोकेको रोशी गाउँपालिका अध्यक्ष दलबहादुर लामाले बताए । लेदोले पुरिएका कारण गाडी नै फसेपछि त्यसलाई निकालिएको र अवरुद्ध सडक खुलाउने काम भइरहेको उनले बताए ।

    अवरोध हटाउन शुरु गरिए पनि निरन्तरको वर्षा र खोलाको सतह बढेको कारण केही कठिनाइ भइरहेको बताए । लेदोमा तीन सवारी साधन फसे पनि यात्रुहरुलाई सुरक्षित स्थानमा राखिएको प्रहरीले जनाएको छ ।

    २०७८, आषाढ १९ शनिवार१२:२७:३३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार