कोभिसिल्ड खोप लगाएकालाई युरोपेली संघले मान्यता नदिने

कोभिसिल्ड खोप लगाएकालाई युरोपेली संघले मान्यता नदिने

२०७८, आषाढ १९ शनिवार

  • 1.0K
    SHARES

  • कोभिसिल्ड खोप लगाएकालाई युरोपेली संघले मान्यता नदिने

    ब्रसेल्स । युरोपेली संघले कोरोनाभाइरस विरुद्धको खोप लगाएकाहरूलाई यात्रा गर्न दिने व्यवस्था गर्न लागेको छ ।

    संघले सबै खोप लगाएकालाई भने मान्यता दिन नसकिने शुक्रबार सङ्केत गरेको छ । संघको चिकित्सासम्वन्धी कार्यालयले भारतमा बनाइएको कोभिसिल्डलगायतका केही खोप लगाएकाहरूलाई भने विश्वास गर्न नसकिने जनाएको हो । 

    चिकित्सा कार्यालयले कोभिसिल्डलाई विश्वास नगरेपछि युरोपेली संघले पनि उनीहरूलाई युरोप प्रवेश गर्न अनुमति नदिन सकिने निश्कर्ष निकालेको छ ।  

    युरोपेली चिकित्सा कार्यालयले युरोपेली आयोगलाई समेत भारतमा बनेको खोप लगाएकाहरूलाई युरोप प्रवेशमा अनुमति नदिन सिफारिस गरेको छ । 

    अमेरिका, बेलायत र युरोपेली मुलुकहरूमा बनाइएको खोप लगाएकाहरूलाई मात्रै युरोप प्रवेशका लागि अनुमति दिएमा मात्रै युरोपमा कोरोनाभाइरसको सङ्क्रमण थप फैलिन कम हुने उनीहरूको भनाइ छ । 

    युरोपेली आयोगको निर्णयसँगै भारतको कोभिसिल्ड खोपप्रतिको विश्वसनीयता र उपयोगीतामा फेरि आशङ्का उत्पन्न भएको छ । -एजेन्सी । 

    २०७८, आषाढ १९ शनिवार०२:५१:०७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार