असारभित्र पार्टी सदस्यता नवीकरण गर्ने एमालेको प्रस्ताव

असारभित्र पार्टी सदस्यता नवीकरण गर्ने एमालेको प्रस्ताव

२०७८, आषाढ १९ शनिवार

  • 1.7K
    SHARES

  • असारभित्र पार्टी सदस्यता नवीकरण गर्ने एमालेको प्रस्ताव

    काठमाडौं । नेकपा (एमाले)ले पार्टी महाविधेशनका लागि असार मशान्तसम्म पार्टी सदस्यता नवीकरण गर्ने प्रस्ताव गरेको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पार्टी केन्द्रीय कमिटी १३औँ बैठकमा पार्टी महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रतिवेदन पेश गर्दै असार मसान्तभित्र पार्टी सदस्यता नवीकरण र साउन ५ गते नवीकरण गरिएको विवरण केन्द्रमा पठाउने प्रस्ताव गरेका छन् । 

    उनले पार्टी विधानअनुसार आगामी वैशाखभित्र पार्टीको १० औँ महाधिवेशन गर्नुपर्ने अनिवार्य व्यवस्था भएअनुसार असारभित्रमा पार्टी सदस्यता नवीकरण गनुपर्ने प्रस्ताव पेश गरेका हुन् ।

    यस्तै साउन २५ गतेभित्र विधान महाधिवेशन गर्ने प्रस्ताव समेत पेश भएको छ । विधान महाविधेशनका लागि असार २५ गतेभित्र प्रदेश, जिल्ला, स्थानीय तहमा विधान संशोधनका लागि पठाइसक्ने प्रतिवेदनमा उल्लेख गरेका छन् । 
     
    यस्तै बैठकमा महासचिव पोखरेलले भदौं ५ गते वडा अधिवेशन र भदौ १५ स्थानीय तहको अधिवेशन गर्न प्रस्ताव पेश गरेका छन् । पार्टीका ३२ विभागलाई चाँडै नै पूर्णता दिन निर्देशन दिइएको छ ।

    महासचिव पोखरेलले सांगठानिक प्रतिवेदन प्रस्तुत गर्दै सर्वोच्च अदालतले पार्टी पहिल्यैकै अवस्थामा पुर्याएपछि आयोजक कमिटिका चारवटा बैठक अन्तरपार्टी निर्देशनअनुसार भएको जानकारी दिए ।

    यसबीचमा १० वटा स्थायी कमिटी बैठक भएको थिए । यस्तै महासचिवको प्रस्तावमाथि केन्द्रीय सदस्यले बोल्ने क्रम जारी छ । बैठक शुक्रबारदेखि जारी छ ।

    २०७८, आषाढ १९ शनिवार०६:१२:३३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार